शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालीमा प्रियंका–आयुष्मानको रोमान्सः प्रशंसक भन्छन्, ‘लाइफ होस् त प्रियंकाको जस्तो, दुई पटक हनिमुन मनाउने भाग्य’

बुधबार, २९ फागुन २०७५, १३ : ०९
बुधबार, २९ फागुन २०७५

वैशाखमा विवाहको तयारी गरिरहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अहिले इन्डोनेशियाको बालीमा छन् ।

इन्गेजमेन्ट गरिरसकेका यो जोडीले चार दिन अघि बाली, सिंगापुर बिदामा जान लागेको भनेर इन्टाग्राममार्फत् जानकारी दिएका थिए ।

प्रियंका र आयुष्मानले बालीका तस्बिर इन्टाग्राममा लगातार सेयर गरिरहेका छन् । कतिपय फोटोमा यी दुई निकै रोमान्टिक देखिएका छन् ।

उनीहरुको तस्बिरले थुप्रै प्रशंसकको ध्यान पनि खिचिरहेको छ । यी दुईको तस्बिरमा धेरैले कमेन्ट पनि गरिरहेका छन् । कतिले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् भने कतिले नकारात्मक प्रतिक्रिया पनि दिइरहेका छन् ।

प्रियंका र आयुष्मानको २३ घण्टा अगाडि इन्स्टाग्राममा राखिएको एउटा तस्बिरमा एक प्रशंसकले उनीहरुको यो घुमाइलाई हनिमुन बताएका छन् । उनले लेखेका छन्, ‘लाइफ होस् त प्रियंकाको जस्तो दुई पटक हनिमुन मनाउने भाग्य कमैको हुन्छ ।’

अर्का एक प्रशंसकले लेखेका छन्, ‘प्रियंकाको आयुषसँगको सम्बन्धलाई लिएर गरेको पोष्टहरु हेर्दा यस्तो लाग्छ कि प्रियंकाको अलिकति पनि बुद्धि छैन । एक, दुईवटा तस्बिर राखेर आफ्नो फ्यानहरुलाई देखाउन त ठिकै हो तर अत्ति चटक । कहिँ नभाको जात्रा हाँडी गाउँमा ।’

उनीहरुको अर्को तस्बिरमा एक व्यक्तिले लेखेका छन्, ‘सेलिब्रिटीका लागि बिदा मनाउनुको अर्थ किन सधैं नग्न हुनु हो ? ’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘सार्वजनिक व्यक्तित्व हो भन्दैमा जे पनि सार्वजनिक रुपमै गर्न पाइन्छ ?’

अर्की एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘उनीहरुले सीमा तोड्दैछन् ।’

कतिले पनि उनीहरुको तस्बिरमा सकारात्मक प्रतिक्रिया पनि दिएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘आयुष्मान सर, हामीलाई नजलाउनुहोस् । तपाईंसँग अनमोल हिरा छिन् ।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो तस्बिरबारे मैले केही भन्न सकिरहेको छैन । निकै उत्कृष्ट छ ।’

कतिले उनीहरुलाई संसारकै उत्कृष्ट र हट जोडीको संज्ञा दिएका छन् ।

एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘म तिम्रो फिड दिनदिनै हेरिरहेकी छु । ठट्टा मात्रै तर तिम्रो फिड निकै उत्कृष्ट छ ।’

अर्की प्रयोगकर्ताले लेखेकी छिन्, ‘तपाईंहरु साँचो प्रेमका उदाहरण हुनुहुन्छ किनभने आयुष दादाले पिकु दिको सँगै घुम्ने योजना साकार पारेका छन् । त्यसकारण म आयुषलाई वास्तविक राजकुमार भइदिएकोमा स्यालुट गर्छु । तपाईंहरु दुईलाई भगवानले रक्षा गरुन् । संकीर्ण सोच भएकाहरुले तपाईंहरुको इर्ष्या गर्छन् किनभने उनीहरुलाई आफ्ना प्रेमीले माया गरेनन्, केयर गरेनन् र पिकु दिलाई जस्तो विशेष महसुस गराएनन् । त्यसकारण उनीहरुले नकारात्मक प्रतिक्रिया दिइरहेका छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप