शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुपरम्यान बनेर सरर... : जाने हैन धुलिखेलमा जिप फ्लाइङ गर्न (फोटो)

बुधबार, २९ फागुन २०७५, ११ : ०३
बुधबार, २९ फागुन २०७५

काठमाडौँको व्यस्ता र कोलाहलबाट टाढा केही समय रमाउन कसलाई मन नहेला । हामीमध्ये धेरैलाई केही साहसिक कुरा गरेर रमाउन मन पनि लाग्छ ।

मानिस आफ्नो डरलाई चिर्दै साहसी देखाउन साहसी खेलहरु खेल्ने गर्छन् । त्यही भएर पछिल्लो समय बञ्जी, र्फटिङ, क्यानोइङ, प्याराग्लाइडिङ जस्ता खेलहरु नेपालमा लोकप्रिय बन्दै गइरहेका छन् ।

सहासिक तथा मनोरञ्जनात्मक खेलमा पर्ने जिप लाइनका पारखीहरु पनि उत्तिकै छन् ।

अब जिप लाइनको मज्जा लिन काठमाडौँबाट धेरै टाढा जान नपर्ने भएको छ । काठमाडौँबाट करिब ३३ किलोमिटर टाढा रहेको काभ्रेको धुलिखेलमा जिप लाइन सुरु भएको छ ।

जिप लाइनको लञ्च ‘प्याड’ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेसन’ खावा सम्मको जिप लाइन दुरी  करीब ११ सय मीटर रहेको छ । व्यक्तिको तौलअनुसार बढीमा १ मिनेट २० सेकण्ड समय लाग्ने छ ।

जिप लाइन गर्दा हिमाल देखि जंगलदेखि छेउका वस्तीको मनोरम दृश्यकोे आवलोकन गर्न पाइनेछ ।

यो जिप लाइन युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भइ अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको निर्माता कम्पनीले जनाएको छ ।

यसमा साधारण, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो भएको कम्पनीले जनाएको छ ।

हेरौँ केही तस्विर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप