शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसारभरी जिमेलमा समस्या

बुधबार, २९ फागुन २०७५, ०९ : ३८
बुधबार, २९ फागुन २०७५

इमेल पठाउन गाह्रो भइरहेको छ ? चिन्ता नगर्नुहोस्, तपाईं एक्लो हुनुहुन्नँ ।

जिमेलमा संसारभरी समस्या देखिएको छ । संसारभरीका जिमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी दिएका छन् ।

गुगलको जिसुट स्टेटस ड्यासबोर्डमा मंगलबार राती ११ः३८ मा पोष्ट भएको एउटा मेसेजमा ‘जिमेलको सेवा अवरोध’ भइरहेको बताइएको छ ।

‘हामी जिमेलको समस्याबारे अनुसन्धान गरिरहेका छौं,’ उक्त मेसेजमा भनिएको छ । ‘हामी यसबारे थप जानकारी चाँडै नै दिनेछौं । प्रयोगकर्ताको जिमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ । यहाँका मेसेज डाउनलोड एवं फरवार्ड केही गर्न मिलिरहेको छैन ।’

जिमेल नचलेपछि यसका प्रयोगकर्ताले विभिन्न ट्वीट गरेका छन् ।

जिमेलले गुगल मेल र गुगल ड्राइभमा अस्थायी समस्या आएको जनाएको छ । यी दुईका प्रयोगकर्तालाई केही बेरपछि पुनः चलाउन निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप