बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारीले गराए कपाल प्रत्यारोपण, केही घण्टाभित्रै मृत्यु

बुधबार, २९ फागुन २०७५, ०८ : ५३
बुधबार, २९ फागुन २०७५

कपाल प्रत्यारोपणप्रतिको आकर्षण आजकाल बढ्दो छ । कपाल प्रत्यारोपण राम्रैसँग भए त आफ्नो पनि आकर्षण बढ्छ तर त्यसमा कुनै तल–बितल भए परिणाम उल्टो हुन बेर लाग्दैन ।

कपाल प्रत्यारोपणको उल्टो परिणाम हालै मुम्बईमा देखिएको छ । त्यहाँका एक व्यापारीले आकर्षक देखिने लोभमा आफ्नो ज्यान नै गुमाउनु परेको छ ।

भारतीय व्यापारी श्रवण कुमार चौधरीले कपाल प्रत्यारोपण गरेको दुई दिनभित्रै आफ्नो ज्यान गुमाउनु परेको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार ४३ वर्षे ती व्यापारीको मुम्बईस्थित एक प्राइभेट अस्पतालमा कपाल प्रत्यारोपण गराएको ५० घण्टापछि मृत्यु भएको छ ।

गत शुक्रबार उनको अनुहार र घाँटी सुन्निएका कारण सास फेर्न गाह्रो भएपछि महाराष्ट्रको हिरानन्दनी अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा उनलाई एनाफिल्याक्टिक सक भएको पत्ता लाग्यो । यो पेनकिलर र औषधीको रियाक्सनका कारण हुने गर्दछ । उनको शनिबार बिहानै मृत्यु भयो ।

रिपोर्टका अनुसार उनले ९ हजार पाँचसय वटा रौं रोपेका थिए । यसका लागि १५ घण्टा लागेको थियो । उनको कपाल प्रत्यारोपण डाक्टरले कुनै औषधीको रियाक्सनका कारण एलर्जी भएको र उनको ज्यानै गएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप