बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको ह्याट्रिक : प्रेमिकाले थाम्न सकिनन् आँशु

बुधबार, २९ फागुन २०७५, ०८ : ३८
बुधबार, २९ फागुन २०७५

युभेन्टसलाई एथ्लेटिको म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको इतिहासकै उत्कृष्ट पुनरागमनमध्ये एकका लागि प्रेरित गर्दा क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रेमिकालाई समेत रुवाएका छन् ।

पहिलो लेगमा बेहोरेको २–० को हारलाई उल्टाउँदै रोनाल्डोको ह्याट्रिकको मद्दतले युभेन्टसले एथ्लेटिकोलाई ३–२ गोलअन्तरले हरायो ।

रोनाल्डोले प्रत्येक हाफमा हेडको मद्दतले एक–एक गोल गरे भने खेल सकिन केही समय बाँकी छँदा पेनाल्टीबाट निर्णायक गोल गरेपछि टुरिनको मैदानमा समर्थकहरुले आफ्नो खुसी लुकाउन सकेनन् । मैदानमा उपस्थित रहेका रोनाल्डोको परिवार पनि निकै भावुक बनेका थिए ।

खेलको ८६ औँ मिनेटमा जोन ओबलाकबिरुद्ध पेनाल्टी गोल गरेपछि रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेज निकै भावुक देखिएकी थिइनन् । उनले आफ्नो खुसीको आँशु रोक्न सकिनन् ।

उता, छोरा क्रिस्टियानो जुनियरले पनि गोलको खुसियाली मनाउँदै गरेको देखिएको थियो ।

खेलपछि रोड्रिग्वेजले इन्सटाग्राममार्फत रोनाल्डोको सफलतामा बधाई दिएकी छिन् ।

रोनाल्डोको बाल्यकालको तस्विर पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘यो ३–० कसैले तिमीबाट खोस्न सक्दैन । तिमी यसको हकदार हौ, यो तीन गोलका लागि मात्र होइन । यो तिम्रो मिहिनेताको लागि हकदार हौ । हामी हरेक दिन तिम्रो साथमा छौँ । भगवान थाहा छ । भगवानले यो तिमीलाई दिनुहुन्छ किनभने फुटबलको दुनियाँ तिम्रो हो ।’

खेलपछि प्रतिक्रिया दिँदै रोनाल्डोले आफूलाई यसैको लागि युभेन्टसले अनुबन्ध गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप