आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हत्यामा संलग्न एक पक्राउ

बुधबार, २९ फागुन २०७५, ०८ : १९
बुधबार, २९ फागुन २०७५

काठमाडौं - महानगरीय अपराध महाशाखा  टाेलीले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौंका ३७ वर्षीय प्रकाश थापामगरलाई मंगलबार साँझ पक्राउ गरेको हो । 

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई-तीन वर्षदेखि चिनजान हुँदै आएको थियाे । उनीहरू एकअर्काको कोठामा आवतजावत गर्दा सोमबार राति विवाद भएपछि मगरले लात्तीले हानेर बेहोस हुँदा मृत्यु भएको अनुसन्धानमा खुलेको उपरीक्षक थापामगरले बताए । 

घटनामा संलग्न मगरलाई महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप