शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साल्केको पोस्टमा सिटीको गोल वर्षा

बुधबार, २९ फागुन २०७५, ०८ : १०
बुधबार, २९ फागुन २०७५

प्रिमियर लिग टोली म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ  ।

प्रतियोगिता अन्तर्गत मंगलबार राती भएको अन्तिम १६ को दोस्रो लेगमा सिटीले जर्मन प्रतिद्धन्द्धी साल्केलाई ७–० गोलले हरायो । पहिलो लेग ३–२ गोलले जितेको सिटीले समग्रमा १०–२ गोलको जित हात पार्न सफल भयो ।

घरेलु मैदानमा खेलिएको एकपक्षीय दोस्रो लेगमा सिटीले पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गरेको थियो । सिटीको जितमा सर्जियो अगुइरोले दुई गोल गरे । ३५औं मिनेटमा पेनाल्टी मार्फत खाता खोलेका अगुईरोले तीन मिनेट लगत्यै दोस्रो गोल गरेका थिए । त्यसपछि लेरोए सानेले ४२ औँ रहिम स्ट्रलिङले ५६औं, बर्नाडो सिल्भाले ७१औं, फिल फोडेनले ७८औं र गाब्रियल जेससले ८४औं मिनेटमा गोल गरेका थिए ।

खेलभर सिटीको दबाब खेपेको साल्केले गोलल गर्न लायक अवसर बनाउन सकेन । हारसँगै साल्के बाहिरिएको छ । यसअघि आयाक्स, म्यानचेस्टर युनाइटेड, पोर्टो र टोट्टनहामले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप