शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोको ह्याट्रिकसँगै युभेन्टस क्वार्टरफाइनलमा

बुधबार, २९ फागुन २०७५, ०७ : ४५
बुधबार, २९ फागुन २०७५

सुपरस्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राती भएको खेलमा इटालियन महारथीले स्पेनिस बलियो प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडलाई ३–० गोलले हरायो ।

युभेन्टस समग्रमा ३–२ गोलले विजयी भयो । यसअघि एथ्लेटिकोको मैदानमा भएको पहिलो लेगमा युभेन्टस २–० गोलले पराजित भएको थियो ।

घरेलु मैदानमा सनसनीपूर्ण पुनरागमन जित जिलाउन युभेन्टसका लागि रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए ।

रोनाल्डोले २७औं मिनेटमा उत्कृष्ट हेड गोल गर्दै टोलीको उत्साह बढाए । त्यसपछि ४८औं मिनेटमा पुनः हेडगोल गर्दै खेललाई समग्रमा बराबरीमा ल्याए ।

रोनाल्डोले ८६औं मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरेका थिए । एथ्लेटिकोका जोस गिमिनेजले डिबक्सभित्र फेडेरिको बर्नाडेस्कीलाई फल हानेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ती गरेनन् ।

दोस्रो लेगमा कमजोर देखिएको एथ्लेटिको म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप