शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता कन्सर्टका लागि कवि पराजुली लण्डनमा

मङ्गलबार, २८ फागुन २०७५, २३ : ३४
मङ्गलबार, २८ फागुन २०७५

लण्डन –  बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवाकवि नवराज पराजुली लण्डन आइपुगेका छन् ।  

आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन आइपुगेका हुन् । 
लण्डनस्थित हित्रो विमानस्थलमा पराजुलीको स्वागतका लागि गैरआवासीय नेपाली संघका नेता तथा समाजसेवी कृष्ण तिमल्सिना, केन्द्रीय सदस्य रामशरण सिम्खडालगायत पुगेका थिए । 

क्षेत्री समाज यूकेको आयोजनामा हुन लागेको ‘लण्डन कविता कन्सर्ट २’  बाट संकलन हुने रकमले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोकको टेकनापुरस्थित कालिका माविमा ई–पुस्तकालय स्थापना गर्ने लक्ष्य राखिएको छ । 
१६ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको पुस्तकालयका लागि कन्सर्टबाट आवश्यक रकम जुट्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रामशरण सिम्खडाले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप