शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्सामा वित्तीय साक्षरता फैलाउँदै मुक्तिनाथ विकास बैंक

सोमबार, २७ फागुन २०७५, १५ : ३१
सोमबार, २७ फागुन २०७५

काठमाडौं–मुक्तिनाथ विकास बैंक लिमिटेडले पर्सामा “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मूल आशयसहितको साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विरगंज महानगरपालिका ११ मा रहेको श्री विरगंज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग,सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो । कार्यक्रममा १०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३८० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप