बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘बुलबुल’

सोमबार, २७ फागुन २०७५, ११ : ३६
सोमबार, २७ फागुन २०७५

काठमाडौं –विगत तीन वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो फिल्मको रुपमा समावेश गरेको जानकारी दिए । 

गतसालको संस्करणमा नविन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रुपमा प्रदर्शन भएको थियो । तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ ।  महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ । 

यसैबीच ‘बुलबुल’ले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले जानकारी दियो । रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठूला स्टार र बजेटका फिल्मको चपेटामा परेको फिल्मले चौथो हप्तासम्म प्रदर्शन भईरहेको छ। 

नेपाली दर्शकलाई राम्रै रिझाउन सफल फिल्म ८० लाख लगानीमा बनेको थियो । हालसम्म फिल्मले १ करोड ५० लाखको ब्यवसाय गरेको छ । 

फिल्म हालै अष्ट्रेलिया प्रदर्शनका लागि १२ लाखमा सम्झौता भएको निर्देशक पौडेलको भनाई रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप