जुनियर फुटबल एकेडेमीका खेलाडीविरुद्ध अभिभावक
काठमाडौँ – जुनियरफुटबल एकेडेमी(जेएफए नेपाल)का खेलाडीहरुविरुद्ध अभिभावकले मैत्रिपूर्ण खेल खेलेका छन् । आइतबार ललितपुर सानेपास्थितललितपुर फाइभ ए साइटफुट्सलमा एकेडेमीका खेलाडी तथा अभिभावकबीच प्रतिस्पर्धा भएको हो ।
एकेडेमीका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीकाअनुसार विद्यार्थी र अभिभावकबीच खेल हुँदा उनीहरु बीचको दूरी अझै कमहुने साथै एक अर्काको मनोविज्ञान बुझ्ने, घरको वातावरण अझै शान्त र सहज हुने, मित्रवत् व्यवहार हुने, अभिभावकले छोराछोरीकोलागि समय दिएका ेजस्तो पनि हुने तथा बच्चाहरुको स्वभावको बारेमा अभिभावकलाई ज्ञान तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरुलाई थप ज्ञान हुने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको हो । यस्तो कार्यक्रम जुनियर फुटबल एकेडेमीले हरेक तीन–तीन महिनामा आयोजना गर्दै आएको छ ।
जुनिएर फुटबल एकेडेमी अखिल नेपालफुटबलसंघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त संस्था हो । सन् २०१० मा स्थापनाभएको यस संस्थाले हाल विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई ‘ग्रास रुट ट्रेनिङ’प्रदान गरिरहेको छ । यसको साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमणअन्तर्गत नेदरल्याण्ड, नर्वे, अमेरिका,थाइल्याण्ड,चीन, भारतलगायतका देशहरुमा समेत पठाइरहेको छ । भने फुटबलसम्बन्धी वर्कसप पनि संचालन गर्दै आएको छ ।
हालजुनियर फुटबल एकेडेमीमा १४५ भन्दाबढी खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । एकेडेमी काठमाडौँ उपत्यकाको बालुवाटार, सानेपा, पेप्सप्कोला, शान्तिनगरमा संचालन आइरहेको छ । एकेडेमीले जेहेन्दार,अनाथ तथा असाहय बच्चाहरुलाई भने निःशुल्क ट्रेनिङ सेवा पाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा