शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न किसिमका लागूऔषधसहित तीनजना पक्राउ

आइतबार, २६ फागुन २०७५, १९ : ०५
आइतबार, २६ फागुन २०७५

काठमाडौं । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१४ स्थित मल्हनियाँबाट फागुन २५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सोही जिल्लाको सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने २६ वर्षीय मोहमद फत्तेलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज फत्तेलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजाल्याब ३० वटा, बुप्रेनोफिन इन्जेक्सन ३० वटा, फेनारगन ३० वटा र स्मापेन ल्याबोरेट २४ वटा फेला परेपछि उनलाई पक्राउ गरेको हो । 

यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरबाट सशस्त्रले नै फागुन २५ गते विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं जिल्लाको टोखा नगरपालिका २९ बस्ने वर्षीय प्रिन्स तामाङ र सोही जिल्लाको तारकेश्वर नगरपालिका–३ बस्ने २३ वर्षीय विकास महर्जन छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नुफिन ८० वटा, डाईजिल्याप ८० वटा, नाईट्रोभेट छ सय ३० वटा र प्रोमेथाजेन ८० वटा फेला परेको थियो । 

गौरबाट चपुरतर्फ आउँदै गरेको अटो रिक्साबाट ओर्लिएपछि एक आपसमा वादविवाद गरी झगडा गर्न थालेका उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरेको सशस्त्रले जनाएको छ । 
 
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएइको सशस्त्र प्रहरीका डिएसपी अजय छतकुलीले जनाकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप