शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रियामा रहेका नेपालीहरुले यसरी मनाए १०९औं नारी दिवस

आइतबार, २६ फागुन २०७५, १७ : ४७
आइतबार, २६ फागुन २०७५

काठमाडौं–गैर आवासीय नेपाली संघ महिला फोरम अष्ट्रियाले १०९ औं अन्तराष्ट्रिय नारी दिवस अष्ट्रियाको भियनामा सम्पन्न गरेको छ । ‘बेटर फर ब्यालेन्स’ भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसाथ गर्दै सो कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा राजदुत प्रकाश कुमार सुवेदीले अष्ट्रियावासी महिलाहरुका लागि गरेको कामको प्रशंसा गर्दै महिला फोरम अष्ट्रियालाई आगामी दिनहरुमा पनि निरन्तरता दिन सुझाव दिए । 

त्यसैगरी, एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक संगीता मरहट्ठाले युरोप क्षेत्रमा रहेका महिला फोरमहरुले अत्यन्तै सक्रिय भुमिका निभाईरहेको बताउंदै युरोप क्षेत्रले कोष संकलन तथा महिला सशक्तिकरणका क्षेत्रमा अब्बल काम गरिरहेको बताइन् ।

उनले यस अभियानमा महिला फोरमले गरिरहेको गतिविधि अत्यन्तै प्रशंसनीय रहेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा र युरोप क्षेत्रमा महिला स्वास्थ्य, सीपमुलक तालीमहरु तथा भावी कार्यक्रमहरुका बारेमा जानकारी गराइन् ।

महिला फोरम अष्ट्रियाका महिला संयोजक भवानी तिवारीले विविध अप्ठ्याराहरुका बाबजुद महिला फोरम अष्ट्रियाले वान युरो परियोजना लगायतका कामहरु सफल रुपमा अघि बढाईरहेको र महिला सहभागीतामा अत्यन्त वृद्धि हुंदै गैरहेको बताइन् ।

एनआरएनए एनसीसी अष्ट्रियाका अध्यक्ष जीवन जंग कुंवरले अन्तर्राष्ट्रिय नारी दिवस पहिलो पटक मनाउने देशमध्ये अष्ट्रिया पनि एक रहेको इतिहास स्मरण गर्दै एनआरएनए एनसीसी अष्ट्रियाले महिला फोरमका गतिविधिमा सधैं सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा नेपाली बालबालिकाहरुले विभिन्न प्रस्तुती दिएका थिए भने वैदेशिक रोजगारीमा महिलाहरु ठगिएको बिषयमा ‘संघर्षका पाइलाहरु’ नामक चेतनामूलक लघुनाटक पनि प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप