शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० वर्षको उमेरमा प्रेम, १२ वर्षको उमेरमा बच्चा

आइतबार, २६ फागुन २०७५, १६ : ५१
आइतबार, २६ फागुन २०७५

बुटवल– ‘उनीसँग मेरो भेट हुँदा म १० वर्षकी थिएँ । हामी एउटै स्कुलमा पढ्थ्यौं । उनी बस्ने र मेरो घर नजिकै थियो । उनी मेरो घरमा आइरहन्थे । यस्तो होला भन्ने मलाई थाह थिएन ।  मैले माइतीमै तीन हप्ताअघि छोरी जन्माएकी छु’, आइतबार बर्दियाकी १२ वर्षीया बालिका सविता (नाम परिवर्तन) ले भनिन् ।  सविताको बिहे भएको छैन । तर १० वर्षकै उमेरमा प्रेम र त्यसपछिको शारीरिक सम्बन्धबाट उनले कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी छिन् । 

बर्दियाको गेरुवा गाउँपालिका–४ खनपुरस्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत सविताले जुम्लाका श्याम (नाम परिवर्तन) सँगको प्रेम र त्यसपछिको सम्बन्धबाट कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी हुन् । 

श्यामको उमेर पनि भर्खर १४ वर्ष भएको छ । जुम्लाको मालिकाफाँट गाउँपालिका घर भएका रावत बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै आएका थिए ।

सविताले श्यामसँग प्रेम सम्बन्धपछि अन्जानबस सन्तान हुन गएको बताइन् । श्यामले पनि आफूहरुलाई यस्तो होला भन्ने थाहै नभएको बताए । 

२०६३ चैत्र १३  गते जन्मिएकी सविताले फागुन ७ गते माइतीघरमा छोरीको जन्म दिएकी हुन् । 

 ‘घर नजिक–नजिक छ  । दुबैबीच आउने जाने हुने गथ्र्यो । मैले त्यस्ता बालबालिकामा कुनै पाप–शंका गरिनँ, आखिर त्यस्तो सम्वन्ध रहेछ’ सविताकी आमाले भनिन्, ‘सविता जेठी छोरी हो । मैले कान्छी छोरी आउँदो बैशाख २९ गते एक वर्षकी पुग्दैछिन् ।’

उनले छोरीले बच्चा जन्माएको थाहा पाएर श्रीमान रिसाएर नेपालगञ्ज तिर गएको भन्दै अहिले आफू निकै तनावमा रहेको बताइन् । 
गेरुवा गाउँपालिकास्थित वडा नम्वर ४ का वडाध्यक्ष बलबहादुर चलाउनेले बालिकाको माइतीको आर्थिक अवस्था कमजोर रहेको भन्दै नवजात शिशुलाई पौष्टिक आहराको अभाव रहेको बताए । 

उक्त घटना भएको थाहा पाएपछि जुम्लाको तिला भन्ने गाउँबाट श्यामका  हजुरबुवा गेरुवा आइपुगेका छन् । यस्तो घटना भएपछि दुबैका परिवार आपसी समझदारीमा बिहे गराउन जुटेको बताइएको छ । 

तर वडाध्यक्ष चलाउने सहितका स्थानियवासीले भने सविताको शरीर सुनिएको र पौष्टिक आहरकोकमीले आमाबच्चा जोखिममा पर्न सक्ने भन्दै उद्धारका लागि अनुरोध गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप