शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हुँ भनि रकम असुल्ने रोक्का सशस्त्र प्रहरीको फन्दामा

शनिबार, २५ फागुन २०७५, १८ : ५७
शनिबार, २५ फागुन २०७५

कैलाली । प्रहरी हुँ भनि रकम असुली गर्दै आईरहेका एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ बड्की बस्ने २२ वर्षीय रोशन रोक्का छन् । रोक्कालाई फागुन २४ गते कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ स्थित थपलीपुरबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

रोक्कालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश डुडेझारीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

निज रोक्काले नेपाल प्रहरीको केन्द्रबाट खटिई आएको हुँ भन्दै स्थानीय जनता तथा स्थानीय प्रहरीलाई विभिन्न कुरा गर्दै झुक्याई रकम असुली गर्दै आएका थिए ।

त्यसवेला एपीएफ टोलीले उनको साथबाट दुई थान नक्कली पेस्तोल तथा मोवाईल दुई थान र नगद चार सय ८० रुपैयाँ समेत बरामद गरेको छ ।

एपीएफ टोलीले निजलाई बरामद नम्कली पेस्तोल तथा रकमसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप