शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा रविले रुवाए दर्शक ! (फोटोफिचर)

शनिबार, २५ फागुन २०७५, १५ : ४७
शनिबार, २५ फागुन २०७५

युएई –शुक्रबार दुबईमा सम्पन्न भएको गोर्खाली साँझ–२०१९ कार्यक्रममा नेपाल आइडलका विजेता  रवि वडले गीत गाउँदा उनका समर्थक (फ्यान)हरु भावुक बन्न पुगे । 

रविले स्टेजमा सुदुरपश्चिमेली भाका, सालैजो, हेमन्त रानाको मार्मिक गीत सुन साँइली, शिव परिवारको पिउँदिन भन्दाभन्दै पिलायो साथीले लगायतका गाउँदै गर्दा उपस्थित दर्शक भावुक बन्न पुगेका हुन् । 

आइडलका अन्य तीन कलाकारहरु अस्मिता अधिकारी, सुमित  पाठक र बिक्रम बरालको प्रस्तुति सकिएलगत्तै रवि ओडलाई स्टेजमा ल्याइएको थियो। रविको प्रस्तुति हेर्नको लागि कार्यक्रमको अन्तसम्म पनि दर्शकहरुको भीड लागेको थियो।

मनोज गोर्खाली र मदन अधिकारीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल आइडलका कलाकारसहित चर्चित लोक गायक कुलेन्द्र बिक, नायिका तथा नृत्यङगना एलिना रायमाझी, कलाकार रमेश दुलाललगायत अन्य कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए।

नेपाली दूतावास आबुधाबीका श्रम काउन्सिलर भेसबहादुर कार्कीको प्रमुख आथित्यमा र आयोजक सदस्य मनोज गोर्खालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा युवा नेता एवं नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्ण गुरुङ, एनआरएनए आइसिसि सचिब डिबि क्षेत्री, एनआरएनए आइसीसी मध्यपूर्व संयोजक प्रविन गुरुङ ,एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, नयाँ शक्ति पार्टीका युवा नेता भीम श्रेष्ठ, एनआरएनए आइसिसी मध्यपूर्व उपसंयोजक गोपाल कडेल लगायतको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप