सिके राउतसँगको सम्झौता शंंकास्पद छः कमल थापा

महेन्द्रनगर –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौताप्रति आशंंका ब्यक्त गरेका छन् ।
उनले सम्झौता यो शंंकास्पद र डरलाग्दो भएको भन्दै सरकारले तुरुन्तै आफ्नो धारणा जनता समक्ष स्पष्ट पार्नुपर्ने बताए ।
मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कञ्चनपुर आइपुगेका थापाले शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता जनमत सङ्ग्रह वा आवधिक चुनाव कुनै प्रक्रियाबाट पनि परिवर्तन वा संशोधन हुन नसक्ने जिकिर गरे ।
विखण्डन परित्याग पहिलो नजरमा स्वागतयोग्य भएता पनि यस संवेदनसिल विषयमा सरकारले जनतालाई आश्वस्त पार्नु पार्ने थापाको धारणा थियो ।
सरकार र राउतबीच भएको सम्झौताको भाषा विवादास्पद रहेको थापाको भनाई छ।
देश विखण्डनको विषय कुनै हालतमा स्वीकार्य हुन नसक्ने भन्दै थापाले एक्कासी रहस्यमय ढङ्गबाट भएको सम्झौता डरलाग्दो समेत हुनसक्ने तर्क गरे।
सरकारले आफ्नो धारणा स्पष्ट नगरे जनता देश जोगाउनको निमित्त स्वतस्फूर्त आन्दोलनमा होमिने उनको चेतावनी थियो ।
निर्मला पन्तको दोषी पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको भन्दै उनले यस घटनामा शक्ति र पहुँचवालाको संंलगनता भएकोले सरकार निरीह भएको हुन सक्ने आशंंका ब्यक्त गरे ।
शक्ति र पहुँचको आधारमा दोषी जोगाउन सरकार लागेको भए त्यो दुर्भाग्यपूर्ण हुने समेतउनले बताए ।
ताप्लेजुङबाट शुरु भएको यात्रा हिजो कञ्चनपुर आईपुगेको हो।
यात्रा कैलालीको टीकापुर,नेपालगन्ज ,बुटवल,स्याङ्जा, पोखरा हुँदै फागुन २९ गते काठमाडौं पुग्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि