नदी फर्काएर उत्खनन गर्दा बस्ती जोखिममा
कैलाली– कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ ।
अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो ।
त्यस क्षेत्रमा बग्ने कर्णाली नदीको धारलाई परिवर्तन गरेर बस्तीतर्फ धकेलिएको छ ।
धार परिवर्तन गरेर ढुङ्गा, बालुवा उत्खननको काम भइरहेको छ । विगत १० दिनदेखि नियमित ढुङ्गा, बालुवा उत्खनन गर्ने काम भइरहेको स्थानीयवासीको भनाइ छ । “नदी हाम्रो बस्तीतिर फर्काएर जेसिबी प्रयोग गरेर ढुङ्गा, बालुवा निकाल्ने काम भइरहेको छ ।” स्थानीय झपट बुढाले भने, “वर्षौदेखि बाढी र कटानको जोखिममा परेका हामी यसरी ढुङ्गा, बालुवा निकाल्दा हाम्रो बस्ती यस वर्ष डुब्ने निश्चित छ ।”
ढुङ्गा, बालुवा निकाल्ने कामको स्थानीयवासीले विरोध गरे पनि सुनुवाइ नभएको उनले बताए । धार परिवर्तन गर्दा त्यस क्षेत्रमा भइरहेको तटबन्धको कामसमेत अवरुद्ध भएको छ । टीकापुर नगरपालिकाबाट ढुङ्गा, बालुवा निकासीको ठेक्का लिएका ठेकेदारले ढुङ्गा, बालुवा उत्खनन गरेको बताइएको छ ।
सो क्षेत्रमा ७० परिवार बस्दै आएका छन् भने त्यहाँ बाढीका कारण उखुखेती गर्ने गरिएको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले आफूले नदी बस्तीतिर फर्काइएको कुरा हिजो मात्रै जानकारी पाएको बताए । उनले भने, “मैले जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका संयोजकसँग छलफल गरिरहेको छु, बस्ती जोखिम गर्ने गरी उत्खनन गर्न दिइन्न ।”
स्थानीयवासीले विरोध गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरले दुई जेसिबी नियन्त्रणमा लिए पनि एक दिनमै छाडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’