सिके राउतका प्रवक्ता भन्छन् : सरकार जनमत संग्रह गर्न तयार भयो

काठमाडौँ– सरकार जनमत संग्रह गराउन सहमत भएको सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनाएको छ ।
स्वतन्त्र मधेश गठवन्धनका प्रवक्ता अव्दुल खानले आफुहरु र र सरकारवीच भएको वार्तामा सरकारले आफ्ना नेता कार्यकतामाथि लगाएका सवै मुद्दा फिर्ता गर्न र जनमत संग्रह गर्न तयार भएपछि आफ्नो गठबन्धन स्वतन्त्र राजनीतिमा आउन लागेको बताएका हुन् ।
उनले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेशको माग जनअभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) मार्फत पूरा गर्ने प्रतिबद्धता जनाएको बताएका हुन् ।
यो सहमति अनुसार स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दाहरु सरकारले फिर्ता लिनेछ । साथै, स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यालय विभिन्न जिल्लमा खोलेर खुल्ला रुपले राजनीति गर्नेछ ।
यता, नेकपाको सचिवालय बैठक सकिएको छ ।
सचिवालयका निर्णयहरु केही बेरमा सार्वजनिक गर्ने भन्दै महासचिव विष्णु पौडेलले केही बताउन चाहेनन् ।
‘निर्णयहरु अहिले केहीबेरमा सार्वजनिक गर्छौँ अहिले केही नलेख्नुस्,’ महासचिव पौडेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै