शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिक जवान खड्काको हत्या गरिएको आफन्तको दावी

शुक्रबार, २४ फागुन २०७५, १३ : ०६
शुक्रबार, २४ फागुन २०७५

–टंक कुवँर 
धनगढी– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित देवीदल गण २५ नं. बाहिनीमा फागुन २० गते मृत्यु भएका भनिएका नेपाली सेनाका जवान वीरबहादुर खड्काका आफन्तहरुले उनको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन् ।  शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै खड्काका आफन्तले घटनाका बारेमा बुझ्दा गणमा कार्यरत कर्मचारीले आत्महत्या गरिएको भनेपनि आत्महत्या नभई हत्या गरिएको हुनसक्ने बताए ।

जाजरकोट छेडागाउँ नगरपालिका वडा नं. १० बस्ने खड्काको फागुन २० गते बिहान सवा ६ वजे गोली लागेर मृत्यु भएको परिवारलाई जानकारी गराएको मृतककी धर्मपत्नी हिमाली ज्योति खड्काले बताइन् ।मृतक खड्कालाई बिना पोशाक हतियार दिएको कोतको १० मिटर दुरीको खुल्ला चौरमा घटना भएको, हात खुट्टा बीचमा हतियार घोचिएको, सेना दिवसका दिन हुने विभिन्न प्रतियोगिताका कार्यक्रमको जिम्मेवारी दिएको, गैह्र जिम्मेवारी भाषाको प्रयोग गरिएको, परिवारलाई समयमै जानकारी नदिएको र गणको सदस्य भएपनि बेवास्ता गरिएको पाइएकोले उनको हत्या नै गरिएको परिवारले आरोप लगाएका छन् ।

मृतक खड्काको छानबिन गरी मृतक परिवारलाई उचित सेवा सुविधा तथा राहतको व्यवस्था गनुपर्ने, अपराधीलाई कारबाही गर्नुपर्ने, शवलाई व्यवस्थित गरिदिनु पर्ने लगायतका माग परिवारका सदस्यहरुको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप