‘आइरन लेडी’: विरोधकाबीच पहिलो महिला प्रधानमन्त्री बनेकी इन्दिरा गान्धी
काठमाडौँ – समाजमा आएको परिवर्तनसँगै नारीप्रतिको सोच र दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ । विश्व समुदायमा नारी तुलनात्मक रुपमा धेरै अगाडि बढिसकेका छन् । अप्ठ्यारो र चुनौतीपूर्ण काम गर्ने महिलाहरुको संख्यामा पनि वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय समुदायमा नारीको स्थान उच्च रहेपनि नेपालमा भने नारीहरुको अवस्था अझै सन्तोषजनक छैन । यद्यपि, अग्ला–अग्ला हिमाल चढ्ने, कायाकिङ गर्ने, अग्ला पहाडमा साइकल कुँदाउने, बस तथा सार्वजनिक यातायात चलाउने महिलाहरुको संख्या नेपालमा पनि बढ्दै गएको छ । राजनीतिक क्षेत्रमा समेत महिलाहरुले आफ्नो स्थान बलियो राख्नुपर्छ भन्ने धारणाको विकास भइसकेको छ ।
राजनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायका महिलाहरुले उदाहरणीय काम गरिरहेका छन् । उनीहरु मुलुकको प्रमुख जिम्मेवार व्यक्तिको रुपमा पनि काम गरिसकेका छन् । यस्ता महिलाहरुको सूची निकै लामो छ अन्तर्राष्ट्रिय समुदायमा । त्यही मध्येमा पर्छिन्, इन्दिरा गान्धी ।
भारतको पहिलो महिला प्रधानमन्त्री बनेकी इन्दिरा गान्धी आज पनि धेरै नारीको प्रेरणाकी स्रोत हुन् । इन्दिरा गान्धीलाई मन पराउने र नपराउने कारणहरु धेरै होलान् तर उनी प्रभावशाली नेतृ हुन् भन्ने कुरा कदापि नकार्न सकिदैन ।
पहिलो महिला प्रधानमन्त्री
प्रधानमन्त्री लालबहादुर शास्त्रीको असामयिक निधनपछि नयाँ प्रधानमन्त्री चुन्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आयो । कांग्रेस अध्यक्ष कामराजलाई प्रधानमन्त्री चुन्नुपर्ने जिम्मेवारी चुनौतीपूर्ण थियो । कांग्रेसका धेरै नेताहरु नन्दाको पक्षमा थिए । सबैले इन्दिरा गान्धीलाई विश्वास नगर्न कामराजलाई सुझाएका थिए । तर, कामराजले इन्दिरा गान्धीलाई नै चुने । विरोध हुँदाहुँदै पनि इन्दिरा गान्धी सन् १९६६ मा भारतको पहिलो महिला प्रधानमन्त्री बनिन् ।
उनी प्रभावशाली नेतृ थिइन् । जसलाई आजसम्म कुनै पनि भारतीय महिलाले टक्कर दिन सकेका छैनन् । उनी १६ वर्षसम्म प्रधानमन्त्रीको पद सम्हाल्ने एक मात्र भारतीय महिला प्रधानमन्त्री हुन् । सानैदेखि राजनीतिमा रुचि इन्दिरा गान्धीका पिता जवाहरलाल नेहरुको राजनीतिक कार्यकालमा इन्दिरा गान्धी सानै थिइन् तर पनि उनी पिताबाट प्रभावित थिइन् । सानैदेखि नै उनी ‘भारत छोडो’ आन्दोलमा पनि लागिसकेकी थिइन् । र, राजनीतिमा रुचि राख्थिन् । राजनीतिप्रतिको निरन्तर लगाव र समर्पण अनि आफ्नो आत्मबल र योगदानको योगमा उनी भारतकै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भइन् । साहसी महिला भएकै कारण उनको नाम इतिहासको पन्नामा सुनौलो अक्षरले लेखिन सफल भइन् ।
विद्यार्थी जीवन
पिता राजनीतिक व्यक्तित्वरराजनीतिज्ञ भएका कारण उनी सधैँजसो व्यस्त रहन्थे । यता, इन्दिरा गान्धीकी आमा कमला नेहरुको स्वास्थ्य स्थिति सधैँ कमजोर हुने भएकाले उनको पढाइको बन्दोबस्त घरमा नै गरियो । घरको वातावरणको कारण उनले अंग्रेजीबाहेक अन्य कुनै विषय राम्रोसँग पढ्न सकिनन् । त्यसपछि उनलाई ‘शान्ति निकेतन’ को ‘विश्व भारती’मा पढ्न पठाइयो । त्यहाँ अध्ययन गरेपछि उनले बेलायतको ‘ब्याडमिन्टन स्कुल’ र ‘अक्सफोर्ड युनिभर्सिटी’ मा अगाडिको अध्ययन पूरा गरिन् । उनको पढाइ उत्कष्ट नभएपनि उनी मध्यम खालको विद्यार्थी थिइन् ।
डाक्टरको उपाधि
इन्दिरालाई संसारकै सबैभन्दा उत्कृष्ट मानिने कोलम्बिया विश्वविद्यालयले डाक्टरको उपाधिबाट सम्मान गरेको थियो । प्रभावशाली शिक्षाको पृष्ठभूमिका कारण उक्त विश्वविद्यालयले विशेष योग्यता प्रमाणपत्र दिएको थियो ।
‘बाँदर सेना’ को निर्माण
उनले सानै उमेरमा ‘बाल चरखा संघ’ को स्थापना गरेकी थिइन् । यसका साथै उनले सन् १९३० मा १३ वर्षको उमेरमा कांग्रेस पार्टीको लागि ‘बाँदर सेना’ को निर्माण गरेकी थिइन् ।
भारत रत्न पुरस्कार
उनले इलाहाबादमा कमला नेहरु विद्यालयको स्थापना गरिन् । यसका साथै उनले भारतको विकासका लागि विभिन्न क्षेत्रमा विभिन्न नयाँ विकासका काम गरिन् । जसले गर्दा उनलाई सन् १९७२ मा ‘भारत रत्न पुरस्कार’ बाट सम्मान गरियो । उनले जीवनका विभिन्न मोडमा थुप्रै सम्मानबाट सम्मानित हुने सुनौलो अवसर प्राप्त गरिन् ।
‘आइरन लेडी’को उपनाम
भारतकै पहिलो महिला प्रधानमन्त्री बनेकी इन्दिरा गान्धीलाई ‘आइरन लेडी’ को उपनाम दिइएको छ । पञ्जावबाट आतंकवादलाई निर्मुल पार्न उनले ‘अपरेशन ब्लू स्टार’ अभियानलाई कार्यान्वयन मात्र गरिनन् त्यसको अन्तसम्म पुगिन् । उक्त अभियानमा भिन्डरवाला र उसका समर्थकहरु मारिएका थिए । तर केही महिनापछि नै उनका दुईजना शिखसमुदायका सुरक्षागार्ड सातवान्त सिंह र बेअन्त सिंहले गोली हानेर ३१ अक्टोबर १९८४ मा इन्दिरा गान्धीको हत्या गरे ।
परिवारको सहमतिविपरीत बिहे
इन्दिरा गान्धी र फिरोजबीचको सम्बन्धप्रति जवाहरलाल नेहरु सन्तुष्ट थिएनन् । पिताको असहमति बिचनै इन्दिरा गान्धीले सन् १९४२ मा फिरोजसँग बिहे गरिन् । बिहेपछि उनले आफने नाम ‘मैमुना बेगम’ राखिन् । उनले धर्म परिवर्तन गरेपछि उनको पिताको राजनीतिक जीवनमा खतरा आउने भएकाले नेहरुले फिरोजलाई उनको पछिल्लो नाम गान्धी राख्न लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल
-
भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
-
प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
अदालतबाट केजरीवालले पाएनन् राहत
-
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु