शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितुवाको आक्रमणबाट प्रहरी जवानसहित तीन जना घाइते

बिहीबार, २३ फागुन २०७५, २१ : ५१
बिहीबार, २३ फागुन २०७५

कैलाली– चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय शेरबहादुर विक घाइते भएका हुन् । 

टीकापुर–१ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिक चितुवाले उनीहरुलाई आक्रमण गरेको हो । घाइते तीनै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । धितालको घाँटी, हात र ढाडमा घाउ रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । 
 शाहको निधार र टाउकोमा तथा विकको घुँडामा घाउ छ । चितुवा नियन्त्रणको प्रयास जारी छ । प्रहरीले चितुवालाई चारैतिरबाट घेरा हालेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप