निजी स्रोतका शिक्षकलाई रु एक करोड
बिहीबार, २३ फागुन २०७५, २१ : ४६
बैतडी–पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ ।
नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।
शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले सो पहल गरेको हो । नगरभरिका सामुदायिक विद्यालयमध्ये गाभिनुपर्ने विद्यालयलाई गाभेर निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिने उनले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सो पहल भइरहेको हो ।