शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत

बिहीबार, २३ फागुन २०७५, १९ : ४०
बिहीबार, २३ फागुन २०७५

काठमाडौं– बर्दिया राष्ट्रिय निकुञ्ज विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा पुरस्कृत भएको छ ।

निकुञ्जले १०० दीगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासेफिक क्षेत्रबाट दीगो गन्तब्यका रुपमा पुरस्कार पाएको हो । फागुन २२ गते आयोजित एक भब्य समारोहकाबीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक र ग्रिन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् ।

डा. अल्बर्ट सल्मान प्रमुख रहनु भएको यस सय दीगो पर्यटन गन्तब्यहरुको छनोट प्रक्रियामा विशेषत दीगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो । 

बर्दिया राष्ट्रिय निकुञ्जको यही विशेषताहरुको जानकारी विश्यब्यापी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने प्रमुख कार्यकारी दीपकराज जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गरेका थिए ।

सम्मान ग्रहणपछि बोल्दै जोशीले बर्दिया विशिष्ट दीगो गन्तब्य भएको बताए र सहकार्य गर्ने सबै संस्था विशेषत डब्लु डब्लु एफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, इको टुरिज्म सोसाइटी बर्दिया लगायत स्थानियहरुलाई धन्यवाद दिए।

यस पुरस्कारसँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । दीगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु आफैमा गौरवको कुरा हो ।

नेपालले विशेषत दीगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दिया लगागतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो बृद्धिका कारणहरु नै बर्दियालाई यो सम्मान प्रदान गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप