पूर्व मुमा बडामहारानी रत्नको स्वास्थ्य स्थितिमा केही सुधार
बिहीबार, २३ फागुन २०७५, १२ : ०९
काठमाडौं–पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको स्वास्थ्य स्थितिमा केही सुधार आएको छ ।
गत सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ भएपनि ९१ बर्षीय पूर्व बडामहारानीलाई मंगलबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
अहिले स्वास्थ्य अवस्थामा आशातीत सुधार देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।