शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अदालतको फैसलापछि टीकापुरमा ‘हाइअलर्ट’

बुधबार, २२ फागुन २०७५, १७ : ३७
बुधबार, २२ फागुन २०७५

कैलाली–टीकापुर मुद्दाबारे जिल्ला अदालतको अन्तिम फैसलापछि स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । 

जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख एसपी आभुषण तिमल्सिनाका अनुसार जिल्लाको सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिन उच्च सतर्कता अपनाइएको हो ।

 ‘सुरक्षामा कमजोरी हुन नदिन सुक्ष्म निगरानीसहित हामीले उच्च सतर्कता अपनाएका छौ’ एसपी तिमल्सिनाले रातोपाटीलाई बताए । फैसलापछि सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले यस्तो सर्तकता अपनाएको हो ।

जिल्ला अदालत कैलालीले घटनाको ४२ महिनापछि घटनापछि सांसद रेशम चौधरीसहितलाई जन्मकैदको फैसला सुनाएको हो । 

टीकापुर हत्याकाण्डबारे कैलाली जिल्ला अदालतले बुधबार गरेको फैसलापछि थारुसम्बद्ध विभिन्न संघ संगठनले रेशम चौधरी लगायत ११ जना पनि निर्देश भएकाले उनीहरुलाई राजनीतिक मुद्दा ठान्दै थुनामुक्त गर्न माग गरेका छन् । 

थारुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली, थारुहट थारुवान संयुक्त संघर्ष समिति कञ्चनपुर, थारु कल्याणकारी सभा कैलाली र कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरी लगायत ११ जना निर्दोष रहेकाले उनीहरुलाई थुनामुक्त गर्नेतिर राज्यको ध्यान जान जरुरी भएको बताएका हुन् ।

 ‘सामाजिक सद्भाव कायम गर्ने हो भने निजहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिई निशर्त थुनामुक्त गर्ने वातावरण कायम गर्न राज्यसँग अनुरोध गर्दछौ’ थारुसम्बद्ध संस्थाहरुको अनुरोध छ ।
 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप