केन्द्रीय संस्करण

कक्षाकोठामा विद्यार्थीले पढ्न मन नगरे शिक्षकले के गर्ने ?

person explore access_timeफागुन २२, २०७५ chat_bubble_outline0

निकोलस म्यानकल बिटेल /बीबीसी


स्मार्टफोनले बच्चाको ध्यान केन्द्रीत गर्ने क्षमतालाई क्षती पुर्याइरहेको छ । नयाँ पीढिलाई पढाउने–सिकाउने शिक्षकका लागि ठूलो चुनौती हो । जेनेरेशन जेड (उमेर १० देखि २४ वर्ष) र जेनेरेशन अल्फा (उमेर ० देखि ९ वर्ष) का बच्चा यस्तो संसारमा पैदा भएका छन् जहाँ स्मार्टफोनले उनीहरुको दिशा तय गरिरहेको छ ।

बच्चाहरु स्मार्टफोन एप्स र स्ट्रिमिङ प्लेटफर्मबाट आइरहेको उत्तेजनाका यति आदी भइसकेका छन् कि कक्षाकोठामा उनीहरु ध्यान केन्द्रीत गर्न सकिरहेका छैनन् ।

समस्या शिक्षकको सामुन्ने पनि तेर्सिएको छ – प्रविधीसँग हुर्किएका बच्चाहरुलाई पारम्परिक शिक्षा कसरी दिने ?

कृपया ध्यान दिनुहोस्ः

बच्चाको मस्तिष्क विकास एक जटिल विषय हो । पछिल्ला केही वर्षमा संसारभरीका अनुसन्धानकर्ताले एकाग्रतामाथि स्मार्टफोन र मिडिया मल्टी–टास्किङको दुष्प्रभावको विषयमा चिन्ता व्यक्त गरिरहेका छन् ।

‘रेजिंग जेनेरेशन टेक’ का लेखक डाक्टर जिम टेलर भन्छन्, ‘प्रविधी, सोसल मिडिया, इन्टरनेटसम्म सहज पहुँच र स्मार्टफोनले बच्चालाई क्षती पुर्याइरहेको स्पष्ट प्रमाण छ ।’

फिलाडेल्फियामा सात र आठ कक्षा (१२ देखि १४) का बच्चालाई पढाउने लोरा शादका अनुसार किशोरहरु औसतमा लगभग २८ सेकेन्डसम्म मात्र ध्यान केन्द्रीत गर्न सक्छन् ।

स्मार्टफोनले उनीहरुको दिमागको विकासलाई प्रभावित गरेको छ र शिक्षकलाई यो समस्या थाहै छैन कि कसरी सुल्झाउने भन्ने थाहै छैन ।

लारा शाद सन् २०१५ मा शिक्षक बनेकी थिइन् । उनलाई डिजिटल युगमा जन्मिएका विद्यार्थीलाई कसरी पढाउने भन्नेबारे कुनै प्रशिक्षण दिइएको थिएन ।

पारम्परिक स्कूलमा दिइने गृहकार्य र पढाईमाथि प्रविधीको असर स्पष्ट रुपमा देख्न सकिन्छ । बच्चाहरु टेक्स्ट बुकमा आधारित डिजिटल मिडियाबाट इन्स्टाग्राम र स्न्यापच्याटजस्ता एप्सतर्फ बढिरहेका छन्, जहाँ अत्यधिक चित्र दिइएका हुन्छन् ।

एरिका स्विफ्ट क्यालिफोर्नियामा सेक्रेमेन्टोको हरमन लिम्ब्याक एलिमेन्ट्री स्कूलमा छैटौं कक्षाको बच्चालाई पढाउँछिन् ।

उनी भन्छिन्, ‘लामो र जटिल पाठलाई ब्रेक नलिइकनै पढाउँदा विद्यार्थीलाई दिक्क लाग्न सक्छ । पहिलेका विद्यार्थीहरु धेरै बेरसम्म यस्तो पाठ पढ्थे ।’

‘उनीहरु पटकपटक ब्रेक माग्छन् । काम गर्नुको साटो अरुसँग कुरा गरिरहन्छन् । कति विद्यार्थीले लामो पाठ पढ्नै छोडिदिएका छन् ।’

टेलरका अनुसार सिक्ने कुरामा एकाग्रतालाई प्रवेशद्वारको रुपमा लिन सकिन्छ । स्मरणशक्तिले गहिरो बुझाईतर्फ लैजान्छ ।

टेलर भन्छिन्, ‘कुनै पनि बच्चाले ध्यान नदिई सूचना ग्रहण गर्न सक्षम हुँदैनन् । उनीहरु यसलाई बुझ्नै सक्दैनन् । यसको अर्थ यो हो कि उनीहरुको व्याख्या, विश्लेषण, संश्लेषण र आलोचना गर्न सक्दैनन् र सूचनाबारे कुनै निष्कर्षमा पुग्न सक्दैनन् ।’

भविष्यका कक्षाकोठाः

विद्यार्थीले जब लामो व्याख्यामाथि ध्यान दिन सक्दैनन्, तब थुप्रै शिक्षकले यसलाई स–सानो भागमा टुक्र्याउँछन् ।

एल्क ग्रोव स्कूल डिस्ट्रिक्टकी टेक इन्टिग्रेशन स्पेशलिस्ट गेल डेस्लर भन्छिन्, ‘शिक्षकलाई लाग्छ कि साना पाठ राम्रो हुन्छ ।’

केही शिक्षकले विद्यार्थीको एकाग्रता बढाउनका लागि ध्यान पनि गराउँछन् । क्यालिफोर्नियाको सालिनासमा एक हाई स्कूल शिक्षकले विद्यार्थीलाई ध्यानमा मद्दत गराउनका लागि ऋबmि ब्उउ  बनाएका थिए ।

केही शिक्षक विद्यार्थीसँग त्यही गएर संवाद गर्छन् जहाँ उनीहरु हुन्छन् जस्तै युट्युब र इन्स्टाग्राम ।

एजुकेशनल पब्लिशर पियर्सनको ग्लोबल रिसर्च एण्ड इनसाइटकी उपाध्याक्ष आशा चाकसी एक शिक्षकको उदाहरण दिन्छिन् जसले एक वैज्ञानिक प्रयोग गर्दै आफ्नो भिडियो बनाएर त्यसलाई युट्युबमा हाले ।

त्यही भिडियोलाई उनले कक्षाकोठामा विद्यार्थीलाई देखाए र बोरिङ लाग्ने एक पाठ बुझाउने कोसिस गरे ।

यसरी उनी इन्टाग्राममार्फत् आफ्ना विद्यार्थीलाई काममा लगाइराख्छन् । उनले होमवर्क र फिल्ड ट्रिपबारे विद्यार्थीलाई सम्झाइ रहन्छन् ।

डिजिटल प्लेटफर्मले विद्यार्थीको ध्यान आकर्षित गर्न सक्छ यदि त्यहाँ उनीहरुको रुचीको वस्तु छ भने । डेस्लर ती शिक्षकको तारिफ गर्छिन् जसले नाजी दुष्प्रचारको इतिहासलाई साइबर बुलिङसँग जोड्छन् ।

उनी भन्छिन्, ‘यदि तपाईं अनिवार्य पाठ्यक्रममा आजका प्रसंगलाई जोड्नुहुन्छ भने विद्यार्थीले बुझ्छन् र यसमा उनीहरुको रुची पनि हुन्छ ।’

फ्लिपग्रिडजस्ता शिक्षण प्लेटफर्म जहाँ विद्यार्थीले प्रोजेन्टेशन दिइरहेको आफ्नो भिडियो सेयर गर्न सक्छन् र यसमार्फत् शिक्षकलाई विद्यार्थीसँग जोड्न मद्दत गर्छ ।

पियर्सनको सन् २०१८ को अध्ययनमा जेनरेशन जेडका विद्यार्थी किताबको साटो भिडियो हेर्न मन पराउने तथ्य फेला परेको छ । शिक्षकपछि उनीहरुका लागि भिडियो नै सूचनाको दोस्रो सबैभन्दा ठूलो स्रोत हो ।

विद्यार्थीको ध्यान जता छ, यदि त्यहाँ शिक्षकको उपस्थिती रह्यो भने उनीहरुको ध्यान उत्कृष्ट तरिकाले खिच्न सकिन्छ ।

केही शिक्षकले गुगल क्लासरुमजस्ता प्लेटफर्म अपनाएका छन् जहाँ विद्यार्थी र अभिभावकले ग्रेड र आगामी गृहकार्यको निगरानी गर्न सक्छन् ।

विद्यार्थी कहाँ कमजोर भइरहेका छन् त्यो बुझ्नका लागि पनी उनीहरुको प्रदर्शनलाई पछ्याउन सकिन्छ ।

कम्प्युटरबाट पढाईः

लेक्सिया यो स्कूलको रुचाइएको प्लेटफर्म हो । यहाँ खेलैखेलमा विद्यार्थीको संलग्नतालाई प्रोत्साहित गरिन्छ ।

प्रदर्शनको आधारमा विद्यार्थीको विभिन्न समूह बन्छ । सफल विद्यार्थीलाई भिन्न दर्जाको अफलाइन काम दिइन्छ । पछाडि परेका विद्यार्थीलाई राम्रोसँग पाठ नबुझेसम्म डिजिटल अभ्यास गराइन्छ ।

प्राविधिक शिक्षाको क्षेत्रमा अमेरिका शीर्ष स्थानमा छ । सन् २०१८ मा यहाँका एजु–टेक कम्पनीले १.४५ अर्ब डलर जुटायो ।

पूर्वी एशियामा एजु–टेक उद्योग तीब्र रुपमा फैलिरहेको छ । अमेरिकी प्लेटफर्म जस्तै न्यूटनले विदेशमा आफ्नो शाखा बिस्तार गरेको छ ।

यी कम्पनीले विद्यार्थीका लागि डिजिटल क्लासरुम बनाउने वैश्विक रुचीको दोहन गरिरहेको छ ।

मिश्रित अध्ययनः

शिक्षकले कक्षाकोठामा प्रविधी अपनाइरहेका छन् तर थुप्रै अध्ययनले पारम्परिक कक्षाकोठालाई बढी सफल हुने पत्ता लगाएको छ ।

लण्डन स्कूल अफ इकोनोमिक्सको २०१५ को एक अध्ययनले जब बर्मिंघम, लण्डन, लाइसेस्टर र म्यान्चेस्टरका स्कूलले कक्षाकोठामा फोनमाथि प्रतिबन्ध लगाउँदा न्ऋक्भ् टेस्ट स्कोरमा सुधार भयो ।

न्यूरोसाइन्सका प्राध्यापक र ‘द लर्निङ स्किल्स साइकल’ का लेखब विलियम लेम सन् २०१४ को एक अध्ययनतर्फ इशारा गर्छन् ।

यसमा पत्ता लागे अनुसार कक्षाकोठामा नोट लेख्ने विद्यार्थी ल्यापटपमा देख्ने विद्यार्थीभन्दा धेरै सूचना याद गर्न सक्छन् ।

लेम कुनै पाठलाई स–सानो खण्डमा बाँड्नु खतरनाक मान्छन् । उनका अनुसार एउटा पाठबाट अर्को पाठमा चाँडै नै जाँदा विद्यार्थीको बुझाई विकसित हुन पाउँदैन । जब शिक्षक कुनै पाठलाई सुरु गर्छन् तब विद्यार्थीलाई त्यो पूरा बुझ्न समय लाग्छ ।

प्रविधीमा निकै पोख्त थुप्रै शिक्षाविद पनि पढाईको परम्परागत तरिकाको महत्व बुझ्छन् र मिश्रित शिक्षा पद्धतीको सुझाव दिन्छन् ।

युनिभिर्सिटी अफ वासिङ्टन इन्फर्मेशन स्कूलकी एसोसिएट प्रोफेसर केटी डेविस भन्छिन्, ‘मैले हालैको वर्षमा शिक्षाविदबीच व्याख्यामार्फत् पढाउनु एक अवशेषजस्तो हो र यो तरिका डाइनासोसजस्तै समाप्त हुने बारे अत्यधिक चर्चा देखेको छु ।’

डेविस नयाँ मिडियाले नयाँ कौशल सिकाउने तर व्याख्याको आफ्नै महत्वपूर्ण स्थान भएको मान्यता राख्छिन् ।

शिक्षकको अधिकार अहिले पनि पवित्र छ र यसलाई टेक स्पेक्ट्रमका सबै शिक्षाविद् मान्छन् ।

भर्जिनियाकी अलेक्जान्ड्रिया सिटीको पब्लिक स्कूलकी चीफ टेक्नोलोजी अफिसर एलिजाबेथ हूवर प्रविधीको सहाराले शिक्षालाई बढाउने कोसिस गरिरहेकी छिन् ।

हूवरका अनुसार उनी शिक्षकबाट पाउने सिधा निर्देशनलाई कहिले पनि बन्द गर्न चाहन्नन् ।

उनी भन्छिन्, ‘शिक्षकसँग आमने–सामने भएर कुराकानी हुनु आजको कक्षाकोठाको सबैभन्दा महत्वपूर्ण हिस्सा हो ।’

आर्थिक पाटोः

शादका अनुसार थुप्रै शिक्षक आफूसँग पर्याप्त अफलाइन स्रोत साधन उपलब्ध नभएकाले प्रविधीमा निर्भर हुनुपरेको बताउँछन् ।

यदि विद्यालयले थप वित्तिय सहयोग उपलब्ध गराउँछ भने शिक्षकले पछि परिरहेका विद्यार्थीमाथि ध्यान केन्द्रीत गर्न सक्छन् । यस्तो भए लेक्सियाजस्ता कार्यक्रमको आवश्यकता नै पर्दैन ।

फिलाडेल्फियाकी शिक्षक सोफिया डेट १२ कक्षामा सामाजिक शिक्षा पढाउँछिन् । उनी पनि शिक्षकको साटो प्रविधीमा पैसा खर्च गर्न विषयमा प्रश्न गर्छिन् ।

डेट भन्छिन्, ‘कक्षाकोठामा प्रविधीलाई बढाउनु पर्नेमा निकै जोड दिइन्छ र तर यो ठूला र आवश्यक सुधारको साटो भइरहेको छ । अनुदान दिने संस्थान ट्याब र ल्यापटपका लागि खुसी–खुसी पैसा दिन्छन् तर उनीहरु एक वर्षका लागि एकजना शिक्षकलाई तलब दिन तयार छैनन् ।’

डेट स्पष्ट पार्छिन् कि कम आय वर्गका विद्यार्थीका लागि प्रविधीमा समान पहुँच निकै महत्वपूर्ण छ तर यसले व्यवस्थापनमा गरिनुपर्ने परिवर्तनको स्थान ओगट्न सक्दैन ।

सोच्न सिक्नुहोस्ः

प्राविधिक शिक्षाले केही पाटोलाई कम गर्छ तर यसले विद्यार्थीलाई सशक्त पनि बनाउँछ ।

पियर्सनसँग जोडिएकी चोकसी भन्छिन्, ‘आजका युवा उदास छन्, थोरै अल्छी छन् र उनीहरुलाई प्रविधीले भड्काइरहेको छ भनिन्छ ।’

‘वास्तवमा हामी बच्चाहरुको सिक्ने क्षमतामा प्रविधीको भूमिकालाई कम आँकलन गरिरहेका छौं । सिक्ने इच्छन भएका विद्यार्थीलाई प्रविधीले अत्यधिक सहयोग पनि गरिरहेको छ । ’

 उदाहरणका लागि, शिक्षकलाई प्रश्न सोध्ने र उत्तर पाउनका लागि कुर्न नसक्ने विद्यार्थीले अब आफैं जवाफ खोजिरहेका छन् ।

चोकसी भन्छिन्, ‘गणितको कुनै एक प्रश्नको उत्तर  दिन नसक्ने विद्यार्थीले किताब हेर्नु वा शिक्षकलाई सोध्नुभन्दा अघि युट्युबमा हेरेर हल गर्न सक्छन् । ’

स्विफ्ट भन्छिन्, ‘अन्ततः तपाईं बच्चाबाट यहि चाहनुहुन्छ कि उनीहरु नयाँ प्रश्न सोधुन् र नयाँ उत्तर थाहा पाउन् ।’

टेलरका अनुसार सूचना सर्वव्यापी भएसँगै अब जानकार व्यक्ति नै  सफल हुन्छन् भन्ने छैन । यसको साटो यो सक्ष्मता र रचनात्मक तरिकाले सोच्ने क्षमतामा निर्भर हुन्छ । बिडम्बना यो छ कि डिजिटल मिडियाले ध्यान भट्काएर यही कौशललाई कम गर्दछ ।

‘प्रविधीको दुनियाँमा सफल भएका  जुकरबर्ग, गेट्स र स्यान्डबग्र्सबारे यदि सोच्नुहुन्छ भने उनीहरु कोड बनाएका कारण सफल भएका होइनन्, उनीहरुले सोच्न सकेका कारण नै सफल भए ।’

डिजिटल दुनियाँका बच्चाले न्यू मिडियालाई अत्यधिक अपनाउनेछन् । शिक्षकसँग आफूलाई परिवर्तन गर्नु सिवाय कुनै विकल्प बाँकी छैन ।

शिक्षकहरुले नयाँ प्रविधीसम्म विद्यार्थीको पहुँच होस् र उनीहरुले यसबाट फाइदा उठाउन सकून् भनेर सुनिश्चित गर्नुपर्छ ।

साथै, उनीहरुले मौलिक रुपमा विद्यार्थीलाई शिक्षित गर्नु छ जसमार्फत् उनीहरु लगातार विचलित गर्ने दुनियाँमा सफल हुन सकून् ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...