शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘लिंखा बंश समाज’को बृहत सम्मेलन सम्पन्न

बुधबार, २२ फागुन २०७५, ०८ : ४६
बुधबार, २२ फागुन २०७५

संखुवासभा – संखुवासभा धर्मदेवी नगरपालिका वडा नम्बर ४, माम्लिङ्ग गैह्रीगाउँमा किरात याख्खा लिंखाले ‘लिंखा बंश समाज’को बृहत सम्मेलन सम्पन्न गरेको छ । ‘लिंखा बंश समाज केन्द्रीय समिति धनकुटा’ र ‘लिंखा बंश समाज स्थानीय समिति माम्लिङ्ग’को संयुक्त पहलमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा किरात याख्खा लिंखा जातिको बंशवली निर्माणका लागि बृहत छलफल गरिएको फिल्मकर्मी देउकृष्ण देवन लिंखा याख्याले बताउँदै भने, ‘बंशवली निर्माणका लागि बृहत छलफल गरिएको छ । त्यस्तै लिंखा जातिको ऐतिहासिक पहिचान ‘लिंखा ढुङ्गा’लाई कसरी संरक्षण गर्ने ? कसरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने लगाएतका विषयमा बृहत छलफल गरिएको छ ।’

सम्मेलनलाई धर्मदेवी नगरपालिकाका मेयर रमेश जिमीले सम्बोदन गरेका थिए । मेयर जिमीले शुभकामना दिदै ‘लिंखा ढुङ्गा’ क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनु पर्ने बताएका छन् । उनले लिंखाको उद्गम थलो भएको कारण पनि पर्यटकीय क्षेत्र बनाउनुपर्ने बताए छन् ।

यस सम्मेलनमा वडा नं ४ का अध्यक्ष नारायण लिंखा, समाजसेवी भिम लिंखा, भूतपूर्व सांसद तथा कानुनविद् दुर्गा लिंखा, टिकाराम लिंखा फिल्मकर्मी देउकृष्ण देवान याख्खा, कर्ण बहादुर लिंखा, रनेन्द्र लिंखा लगाएत उपस्थित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप