शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफलले तपाईंलाई के भन्छ ?

बुधबार, २२ फागुन २०७५, ०६ : १०
बुधबार, २२ फागुन २०७५

काठमाडाैं - वि.सं.२०७५ साल फाल्गुन २२ गते । बुधबार । ईश्वी सन् २०१९ मार्च ०६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाल्गुन कृष्ण पक्ष । तिथि औषी,३६ घडी ०६ पला,बेलुकी ०८ बजेर ४२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र शतभिषा,२८ घडी ३० पला,बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग सिद्ध,२२ घडि ०४ पला,दिउँसो ०३ बजेर १६ मिनेट उप्रान्त साध्य । करण चतुष्पद,बिहान ०७ बजेर ५२ मिनेट उप्रान्त नाग,बेलुकी ०८ बजेर ५२ मिनेट उप्रान्त किंष्तुध्न । आनन्दादिमा मानस योग । चन्द्रराशि कुम्भ । पञ्चक। अमावश्या। दर्शश्राद्ध। हलो र निशि बार्ने औंसी। द्वापरयुगादि। 

काठमाडौंमा सूर्योदय ०६ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान २८ घडी ११ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्य भौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानि बढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेकोछ । पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानि हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । बिद्या तथा प्रतिष्पर्धामा अरुदिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।    

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहिल्याउन मुस्किल पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । प्रेममा धोका हुने अधिक सम्भावन रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेम तथा पति पत्नीबिच केहि विषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ  । धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहीनि सँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशि तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वादबिवाद तथा प्रतिश्पर्धामा तपाईको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानि गर्ने अवसर आउनेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुचि बढ्नेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शेयर बजार तथा आकस्मिक लाभ हुँने व्यापार व्यावसायमा आजको दिन लगानि नबढाउँनुहोला घाटा लाग्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समन्धि समस्या आई ज्यानलाई दुख दिनेछ । पढाई लेखाईमा समय दिए अनुसार नतिजा नआउँने हुँदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनु जरुरि देखिन्छ । प्रेममा आफ््नो मान्छेलाई अबिश्वास गर्दा आफैलाई चिन्ता बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) वारि साधन तथा घर जग्गामा गरिएको लगानि फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बड्नेछ । बिद्यामा मेहनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा छिमेकि सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिरनै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुने हुनालेकाम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आखाँमा समस्या देखिन सक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नु पर्नेछ । आफन्त तथा परिवारजन तपाईदेखी टाडिन सक्छन् ।

तपाईको दिन शुभ रहोस् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप