शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोफसल टुरमा फिल्म ‘जानी नजानी’

सोमबार, २० फागुन २०७५, १५ : २१
सोमबार, २० फागुन २०७५

काठमाडौं – फिल्म ‘जानी नजानी’ युनिट यतिबेला मोफसल टुरमा छन् । शनिबार पोखरबाट सुरु भएको यो टुर आज (सोमबार) हेटौडाबाट सकिदैन छ । 

टुरमा फिल्मका कलाकार, निर्माता, निर्देशक सहभागी छन् । यो युनिटले आज हेटौडा जारी ‘हेटौडा औद्योगिक महोत्सव २०७५’मा  समेत फिल्मको प्रचार गर्दैछन् ।

महोत्सवमा अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री निरिशा बस्नेतले फिल्मको चर्चित गीत ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलमा नृत्य गर्दैछन् ।

‘महोत्सवमा कलाकारको नृत्यको अलवा फिल्मको बारेमा अन्तक्र्रिया समेत चल्नेछ’ निर्माता रोशनी केसीले भनिन् ‘दर्शकको फमाईस भयो भने अन्य केही गीतमा पनि कलाकारले नाच्ने छन् ।’
फिल्मको ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’बोल अहिले चर्चामा छ । गीतमा अर्जुन पोखरेलले स्वर र संगीत दिएका छन् । 

युनिटले शनिबार पोखरा र आइतबार चितवनमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । कार्यक्रममा फिल्मको बिषयबस्तुको बारेमा जानकारी दिएको निर्माता रोशनीको भनाई रहेको छ । 
बसन्त अधिकारीको निर्देशन रहेको फिल्म २ करोड लागतमा निर्माण भएको बताइएको छ । बसन्तले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । आफ्नो करिअरका लागि फिल्मले निकै महत्व राख्ने अधिकारीले बताए ।

‘मेरो बुझाइमा फिल्म दुई किसिमको हुन्छन्, राम्रो र नराम्रो’ अधिकारीले भने ‘जानी नजानी’ एउटा राम्रो फिल्म हो ।’ अभिनेता मनिषले फिल्म एउटा पूर्ण मनोरञ्जनात्मक रहेको चर्चा गरे ।

यो फिल्मबाट पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिशा बस्नेत पनि डेब्यू गर्दैछिन् । फिल्मको गीत र ट्रेलर जस्तै आफ्नो अभिनय र फिल्म दर्शकहरुले मन पराउँनेमा आफु विश्वस्त रहेको उनले बताइन् ।

फिल्ममा मनिष र निरिसाको अलवा सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जनलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मोदनाथ खनाल र सागर काजी मालीले मिलेर निर्माण गरेको फिल्म सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप