मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सातौं तल्लाबाट खसिन् युवती, बचाउनका लागि टाउको भित्र राखियो ३ सय किला, नतिजा चकित पारिदिने

सोमबार, २० फागुन २०७५, १० : ४९
सोमबार, २० फागुन २०७५

चेन लिदान नामकी एक युवती चीनमा बस्छिन् । अहिले उनी २६ वर्षकी भइन् । चार वर्ष अघि अर्थात् २०१५ मा एक भयानक दुर्घटनाको शिकार भइन् । एक होटलमा एक कार्यक्रमका बेला सातौं तल्लाबाट उनी खसेकी थिइन् । दुर्घटनामा उनी नराम्रोसँग घाइते भएकी थिइन् । डाक्टरले उनको ज्यान त बचाए तर उनको अनुहार पूर्ण रुपमा बिग्रिएको थियो । डाक्टरले उनको अनुहारलाई हेर्न लायक बनाउन निकै मेहनत गर्नुपर्यो । थुप्रै शल्यक्रिया गर्नुपर्यो । उनको अनुहार पूर्ण रुपमा बिग्रिएको थियो त्यसकारण उनलाई नयाँ अनुहार दिन थ्री–डी स्क्यानिङ गरियो र टाउको भित्र स–साना तीन सय किला अर्थात् स्क्रू प्लेट्स राखियो ।

चेनको अनुहारलाई नयाँ आकार दिइयो । करिब २६ पटक शल्यक्रिया गरियो । मेल अनलाइनको एक रिपोर्ट अनुसार चेन चीनकी डोमेस्टिक एयरलाइन्समा फ्लाइट अटेन्डेन्ट थिइन् । २०१५ मेमा भएको दुर्घटनाले चेनको अनुहारमात्र बिगारेन उनको स्मरणशक्ति पनि गुम्यो । चेन लिदानलाई अब केही याद छैन । र उनी राम्रोसँग बोल्न पनि सकिनन् । आँखा पनि कमजोर भइसकेको छ ।

शल्यक्रियापछि चेनले जब आफ्नो पुरानो तस्बिर हेरिन् तब पहिलाको तुलनामा आफ्नो अनुहारमा खासै परिवर्तन नभएको बताइन् 

चेनलाई दुर्घटनाको कारणबारे सटिक जानकारी छैन । रिपोर्टका अनुसार चेनले आत्महत्याको कोसिस गरेकी थिइन् । यस्तै चेनको परिवारले यस्तो मान्दैन । चेनका बुवाका अनुसार दुर्घटनाका बेला चेन र उनका प्रेमीबीच राम्रो सम्बन्ध थियो त्यसकारण उनले आत्महत्या गर्न सक्दिनन् ।

चेनको परिवार आफ्नी छारीको दुर्घटनाको कारण जान्न चाहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप