एनआरएनए युकेद्वारा शर्मा र यादवसँग अन्तरक्रिया आयोजना
आइतबार, १९ फागुन २०७५, १७ : ११
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले पूर्वमन्त्री तथा राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दीनानाथ शर्मा र पूर्वउपसभामुख चित्रलेखा यादवसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकाे छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार उक्त अन्तरक्रिया मंगलवार साँझ अल्डरशटमा आयोजना गरिन लागिएको हो ।
अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा साँझ ७ बजेदेखि सुरु हुने सो कार्यक्रममा उपस्थित हुन वेलायतस्थित नेपाली समुदायतलाई गैरआवासीय नेपाली संघ युकेले आग्रह गरेको छ ।
शर्मा र यादव लण्डनस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा आयोजना भएको एक कार्यक्रममा सहभागि वेलायत आएका हुनु ।
शर्मा आगामी बुधवार साँझ नेपाल फर्किने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन