रवीन्द्र अधिकारीको सम्झनामा ‘सारङ्गी रेटेर’
आइतबार, १९ फागुन २०७५, १७ : ०४
काठमाडौं – केही दिन पहिले हेलिकाप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको सम्झनामा पीएन साँइलाले ‘सारङ्गी रेटेर’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द श्यामसुन्दर पुडासैनीको रहेको छ ।
मन्त्री अधिकारीको राजनीतिक जीवनका योगदानको चर्चा गरिएको गीतमा उनको विद्यार्थी राजनीतिदेखि मृत्यु अगाडि सम्मको योगदानको वर्णन गरिएको छ । गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक पिएन साईलाले नै सारङ्गी बजाएका छन् ।