शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतमोहनलाई दिए तीन छोरीले दागबत्ती : मदन भण्डारी र मनमोहनलाई जलाएको घाटमा अन्त्येष्टि (फोटोमा हेर्नुहोस् )

आइतबार, १९ फागुन २०७५, १४ : ५७
आइतबार, १९ फागुन २०७५

काठमाडौँ– पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए ।

अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको हो ।

अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए ।

अधिकारीको अन्त्येष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप