शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डोलेश्वर महादेवमा ‘बाबा’का अनेक रुप, १० तस्विरमा हेर्नुहोस्

आइतबार, १९ फागुन २०७५, १३ : ०५
आइतबार, १९ फागुन २०७५

भक्तपुर– हिन्दुहरुको पर्व महाशिवरात्री भोली सोमबार मनाइँदैं छ । सो पर्वका लागि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा नेपालका अन्य जिल्ला तथा भारतबाट आए बाबाहरुको उपस्थिति बाक्लो हुन थालेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्षपनि २ सय भन्दा धेरै बाबाहरु मन्दिर परिसरमा आइसकेका छन् ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले को तयारी पूरा भएको जनाइएको छ ।  महाशिवरात्री पर्वमा डोलेश्वरमा देश विदेशबाट साधु–सन्तहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा दिइने प्रचार–प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव विश्वराम थापाले जानकारी दिए ।

‘क’ वर्गका साधुसन्तका लािग एक हजार एक सय एघार, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिणा तथा प्रति साधुलाई एक थान कम्बल र एक थान धोती प्रदान गरिनेछ । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरिएको छ ।

महाशिवरात्री पर्व सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष मोहन बल्लको भनाई छ । शिवरात्रीका दिन पञ्चस्नानको लागि १ हजार १ सय र महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहाने भक्तजनहरुका लागि ३ हजार ३ सय ३३ को रसिद काटी पूजामा सामेल गराईने छ ।

त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रीका लागि सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप