शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अधिकारीको निधनप्रपति सभापति देउवाद्वारा दुःख व्यक्त

आइतबार, १९ फागुन २०७५, १२ : ४७
आइतबार, १९ फागुन २०७५

काठमाडौं–पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा नेता भरतमोहन अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

आइतबार एक शोक वक्तव्य जारी गर्दै देउवाले मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र व्यक्तिगत रुपमा आफूले एक सहृदयी मित्र गुमाएको उल्लेख गरेका छन् । 

‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत संघर्षमा उहाँको भूमिकासंगै यो क्षण म राजनैतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पुर्याउनु भएको योगदान स्मरण गरिरहेको छु’, देउवाले भनेका छन् । 

देउवाले अधिकारीको निधनप्रति आफ्नो व्यक्तिगत एवं नेपाली कांग्रेस पार्टी परिवारकै तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी एवं उहाँको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप