शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिनियस म्युजिक अवार्ड २०७५ हुने

आइतबार, १९ फागुन २०७५, १२ : २३
आइतबार, १९ फागुन २०७५

काठमाडौं – जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । 
दशौं वार्षिकोत्सवको अवसरमा कम्पनिले नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७५’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो ।

कम्पनिले एउटा प्रेस विज्ञप्ती जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनिको आधिकारिक वेबसाइट मार्फत देशभरी आवेदन भर्न सकिनेछ ।
कम्पनीका प्रवन्ध निर्देशक रमेश पाठकका अनुसार २०७५ साल वैशाख १ गतेदेखि चैत मशान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन् ।

२०७६ साल जेठ ११ गते शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा यो अवार्ड वितरण गरिनेछ । पहिलो पटक आयोजना हुन लागेको यो अवार्डमा विभिन्न ४१ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरिने छ । 

अवार्डमा सहभागिता जनाउनका लागि २०७६ साल वैशाख ६ गते भित्र बुझाइएका फारामहरुलाई मात्र आधिकारिक मानिने समेत आयोजक संस्थाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप