शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भावस्थामा रेड कार्पेटमा सुन्दरता बिछ्याउने १२ हलिउड सेलिब्रिटी

आइतबार, १९ फागुन २०७५, ११ : ०९
आइतबार, १९ फागुन २०७५

गर्भावस्था निकै सुन्दर पल हो । हामी सबैले सुनेका छौं कि गर्भावस्थामा महिलाको छाला निकै चम्किलो हुन्छ जसलाई ‘प्रेगनेन्सी ग्लो’ भनिन्छ । तर धेरैलाई लाग्न सक्छ कि पेट बढ्दै गएपछि ठूलो साइजको सहज हुने खालका पहिरन लगाउनुको विकल्प छैन । तर यो सही होइन । यहाँ यस्ता हलिउड सेलिब्रिटीका तस्बिर दिइएका छन् जसले गर्भावस्थाको अन्तिम अवस्थामा पनि तपाईं सुन्दर एवं सेक्सी देखिन सक्नुहुन्छ भनेर पुष्टि गर्छ ।

१. एन्जेलिना जोलीः

सन् २००८ को कान्समा एन्जेलिनाको हरियो ‘म्याक्स आज्रिया ड्रेस’ सायद कसैले बिर्सन सक्ला । उक्त पहिरनमा एन्जेलिना निकै सुन्दर देखिएकी थिइन् । यसले उनको प्राकृतिक सुन्दरतालाई थप उजागर गरेको थियो ।

२. मिरान्डा केरः

मिरान्डा केरले २०१८ को गोल्डेन ग्लोबमा आफ्नो ‘प्रेगनेन्सी कर्भ’ देखाउन हिच्किचाइनन् । ‘ब्ल्याक बालमेन लियोपार्ड प्रिन्ट ड्रेस’ उनको शरिरमा निकै सुन्दर देखिएको थियो । यसमा मिरान्डा सेक्सीसमेत देखिएकी थिइन् ।

३. क्रिसी तेइगेनः

२०१८ को ग्रामीमा  क्रिसी तेइगेन गर्भवती थिइन् । उनले लगाएको सिल्भर कलरको ड्रेसले उनको प्राकृतिक चमकमा ‘चार चान्द’ लगाएको थियो ।

४. जेसिका अल्बाः

जेसिका अल्बाले आफूलाई स्पाइ किड्स प्रिमियरमा निकै आकर्षक तरिकाले प्रस्तुत गरिन् । उनले डोल्स एण्ड गेबनाको लामो पहिरन लगाएकी थिइन् । यसले उनलाई गर्भावस्थामा सुन्दर एवं सेक्सी देखाउन सहयोग गरेको थियो ।

५. भिक्टोरिया बेकहमः

गर्भावस्थामा पनि आफ्नो हिल्समा सुन्दर देखिन चाहने कोही छिन् भने त्यो भिक्टोरिया बेकहम नै हुन् । उनी हिल्स मनपराउँछिन् र कुनै पनि हालतमा यो त्याग्न चाहन्न् । रोयल वेडिङमा उनले लगाएको ‘नेभी ब्लू’ रङको पहिरनले उनलाई निकै आकर्षक देखाएको थियो ।

६. नाओमी वाट्सः

नाओमीले यो ‘इस्कादा ड्रेस’ २००७ को ओस्करमा लगाएकी थिइन् । यो पहिरनमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

७. निकोल किड्म्यानः

निकोल किड्म्यानले २००८ को म्युजिक अवार्डमा लगाएको ‘भेस् सेन्ट लाउरेन्ट’ ड्रेसमा उनी निकै खुलेकी थिइन् । यसले उनको प्रेग्नेन्सी ग्लोलाई पक्कै पनि बढाएको थियो ।

८. हेइदी क्लमः

२००९ को एमी अवार्डमा हेइदी क्लम गर्भावस्थाको अन्तिम चरणमा थिइन् । त्यतिबेला उनले ‘स्ट्र्यापलेट क्ल्याक मार्चेसा’ पहिरनलाई निकै राम्रो तरिकाले ग्रहण गरिन् ।

९. एनी हाथावेः

एनी हाथावेले आफ्नो गर्भावस्थाका बेला २०१६ को ओस्करमा नइम खानको पहिरन छनोट गरेकी थिइन् । उनी निकै सुन्दर देखिएकी थिइन् ।

१०. केरी वासिङ्टनः

गर्भावस्थामा ‘कटआउट ड्रेस’ लगाउन पाइँदैन भनेर कसले भन्यो ? केरी वासिङ्टनले ब्रान्डन म्याक्सवेलको २०१६ को एमीले यस्तै पहिरन लगाएर अवस्था चाहे जे सुकै होस्, आफूलाई मन लागेको कुरा गर्नुपर्छ भनेर देखाउन खोजेकी छिन् ।

११. किम कार्दासियनः

हलिउड सेलिब्रिटीको उत्कृष्ट रेड कार्पेट लुकको यो सूची किम कार्दासियनबिना अधुरो हुन्छ । किमलाई कतिबेला कस्तो पहिरन लगाउने भनेर राम्रोसँग थाहा छ । यो केपसहितको भ्यालेन्टिनो ड्रेस उनले २०१५ को इनस्टाइल अवार्डमा लगाएकी थिइन् ।

१२. रोजी हन्टिंगटन–ह्वाइट्लीः

रोजी हन्टिंगटन–ह्वाइट्लीले २०१७ को भ्यानिटी फेयर ओस्करमा लगाएको यो पहिरन निकै उत्कृष्ट छ । यो ड्रेसमा उनलाई अगाडिबाट गर्भवती जस्तै देखिएको थिएन तर जब उनी मोडिइन् तब उनको ‘बेबी बम्प’ निकै सुन्दर देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप