मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

व्यस्त बजारमा हमालमाथि तरबार प्रहार गर्ने राठोर पक्राउ

शनिबार, १८ फागुन २०७५, १९ : ०४
शनिबार, १८ फागुन २०७५

बुटवल । प्रहरीले दाङको तुलसीपुरस्थित सल्यान रोडमा शुक्रबार दिउँसो एक युवकमाथि तरबार प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय असिमसिंह राठोर रहेका छन् । 

सल्यान रोडस्थित ट्याक्सी समितिको काउन्टरमा बसिरहेको अवस्थामा आएका अपरिचित युवाको समूहले २७ वर्षीय गणेश हमालमाथि तरबार प्रहार गरी घाइते बनाएको अभियोगमा राठोरलाई प्रहरीले पक्राउ गरेको हो । 

तुल्सीपुर उपमहानगरपालिका–५ ट्याक्सी पार्कमा राठोर समेत ३÷४ जनाको समूहले हमाललाई खुकुरी प्रहार गरी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यायल तुल्सीपुरबाट खटिएको प्रहरीले फरार व्यक्तिहरुको खोजी गर्ने क्रममा सोही जंगलमा भाग्दै गरेको अवस्थामा राठोरलाई फेला पारिएको तुलसीपुरका प्रमुख एवं डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । 

हमालको टाउको, हातखुट्टा र ढाडमा गहिरो चोट लागेको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हमालको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार पश्चात थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप