भ्रष्टाचारविरुद्ध नागरिक निगरानी समूह
शनिबार, १८ फागुन २०७५, १२ : ४७
सुर्खेत– वीरेन्द्रनगरमा भ्रष्टाचारविरुद्धको ‘नागरिक निगरानी समूह’ गठन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले सरोकारवालासँगको छलफलमा खिम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय सो समूह गठन गरेको हो ।
जनसहभागिताको अभ्यासबाट समाजमा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिलाई समेटेर उक्त समूह गठन गरिएको शाखा प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले भने, “घुस माग्ने र दिने दुबैको खबरदारी गर्दै राष्ट्रसेवक कर्मचारी हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गरौं।” उक्त शाखाका सूचना अधिकारी मेघनाथ सापकोटाले यस समूहलाई आयोगले वार्षिक रु एक÷एक लाख बजेट सहयोग उपलब्ध गराउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर