केन्द्रीय संस्करण

पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले मातृभाषा दिवसका अवसरमा दिएको त्यो मन्तव्य

person explore access_timeफागुन १७, २०७५ chat_bubble_outline0
मोहन दाहाल

रातोपाटी

प्रज्ञा प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा विश्व मातृभाषा दिवास २०१९ को अवसरमा आयोजित मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठीमा फागुन ८ गते प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा दिएको मन्तव्य ।

विश्व मातृभाषा दिवस २०१९ का अवसरमा आयोजित मातृभाषा र मातृभाषा–साहित्य विचारगोष्ठी कार्यक्रमका अध्यक्षमा नेपालका लागि बङ्गलादेशका राजदूतज्यू,  भाषा आयोगका अध्यक्ष, कुलपतिज्यू, युनेस्कोका प्रतिनिधि बनहार्ट क्रिस्टियानो, उपस्थिति सबै प्रतिष्ठनाका पदाधिकारीज्यूहरु, कार्यपत्र प्रस्तोताज्यूहरु, विद्वान व्यक्तित्वहरु यहाँहरु सबैलाई हार्दिक अभिभादन नमस्कार व्यक्त गर्न चाहन्छु । सबैभन्दा पहिला विचार गोष्ठी आयोजना गर्नुभएको छ । आयोजकहरुलाई धन्यवाद दिन चाहन्छु । प्रज्ञाप्रतिष्ठन भाषा आयोग निश्चित सहयोग लिएर जुन आयोजना गर्नुभएको छ, यो एकदमै सराहनीय छ । यो गोष्ठीको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु । 

नेपाल बहुभाषिक बहुधार्मिक देश हो । हाम्रो विशेषता भनेको विविधता हो । भाषाको विविधता, सानो देश छ तर जनगणना २०६८ अनुसार १२३, हिजो अस्ती १२५ र १२७ भाषा भन्ने पनि आइराखेको छ । त्यति भाषाहरु छन् । यति धेरै भाषाहरु छन्, यसको संरक्षण अथवा यसलाई प्रवद्र्धन गर्नु अथवा त्यो भाषालाई विकास गर्नु त्यतिकै चुनौतीपूर्ण छ ।

कहिले कहिले मेजर केही भाषाहरुका सन्दर्भमा एउटा कुरा आउन सक्छ । तर यो हामीकहाँ अलिकति जटिलता नै छ । तर यो विषय संविधान निर्माण गर्ने क्रममा कहिले थ्रेस होल्ड भयो, १ प्रतिशतभन्दा बढी १ जना हुने वित्तिकै गैरमातृभाषीमा बाँढ्न मिल्छ र यो कुरा ? यो पनि बहस चल्यो । जति पनि हाम्रो देशमा मातृभाषामा पढिन्छन् त्यस भाषाको विकास गर्नु आवश्यक छ । यसअर्थमा संविधानले पनि चाहे शिक्षाको स्वरुप निर्धारणमा होस, यसले मातृभाषामा जोड दिएको छ ।

म यति मात्र भन्न चाहन्छु, हामीले मातृभाषालाई कसरी विकास गर्न सकिन्छ ? कसरी प्रभावकारी बनाउन सकिन्छ ? स्कुलमा एउटा भ्रम छ कि कतिवटा भाषा पढाउने ? म त्यही भन्छु कि म फेरि भन्छु, त्यही मात्र पढाउनु हो भने त निरक्षर बनाउनु हो । अरु भाषालाई चाहिँ थुन्नु हो भन्ने पनि छ । तर म त्यो कुरामा सहमत छैन, सरकार पनि सहमत छैन । मातृभाषाको शिक्षा कति क्लाससम्म गर्ने ? कहाँसम्म पु¥याउने ? एकदम बहसको विषय छ ।

हामीले प्राथमिक शिक्षा भनेका छौँ । प्राथमिक शिक्षा मातृभाषामा चाहिँ हुनुपर्दछ । त्यसले त्यो बेलाको उसको मस्तिष्कको विकासको र सबै कुराको समर्थन गर्छ, सहयोग गर्छ । जस्तो बच्चाले चाहिँ सुरुमा भाषा बोल्या हुँदैन, कराइराखेको हुन्छ नि । त्यसले सुनिराखेको हुन्छ । त्यो सिक्ने प्रक्रियामा नै छ त्यहाँनेरी । जन्मनवित्तिकै दूध खाए जस्तै कुरा हो कि भाषा पनि सुरुवातबाटै सुरु हुन्छ । एउटा समय पुगेपछि मात्र बोल्न सक्ने भयो । त्यसपछिको अर्काको कन्भर्सेसनको अर्को समय छँदैछ । त्यसले गर्दाखेरी म के भन्न चाहान्छु भने यो मातृभाषामा शिक्षा भन्ने कुरालाई कतिपयले असान्दार्भिक भनिरहेका पनि छन् । सरकार त्यस्तो ठान्दैन, त्यसले गर्दा यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने कुरामा हाम्रो ध्यान जान सक्छ ।

एउटा कुनै जिल्लामा केही समय अगाडि यसको प्रयोग गर्नुभयो । मातृभाषामा प्लसटुसम्म पढाउनुहुन्थ्यो । क्लास फइभ सिक्स पुगेपछि त्यो आफै बन्द भयो । किन ? कुनै त जबरजस्ती पनि जाँदैन । जबरजस्ती लान खोज्यो भने पनि फेरि अर्को बर्बाद हुन्छ ।

त्यसको कुन पोइन्टमा, कुन बिन्दु हो जहाँ जबरजस्ती पनि होइन, जहाँ बच्चाहरुको विकासमा उसको सीप भाषिक विकास र सबै सर्वाङ्गीण विकासमा सहयोग पुर्याएको छ । त्यसले गर्दा त्यो भनेको प्राथमिक शिक्षा नै हो । त्यस पछाडि च्वाइसहरु छँदैछन्, अगाडि बढ्छ ।

अर्को कुरा मातृभाषामा शिक्षा पाएको मान्छेले मात्रै अरु भाषा सजिलै सिक्न सक्छ । एउटा भाषामा राम्रो कमान्ड छ भने त्यो भाषा पनि स्टक्चर सिस्टममै हुन्छ । एउटा कुनै भाषामा एकदम राम्रो कमान्ड छ भने त्यसले अरू भाषा चाहिँ सजिलैसँग सिक्न सक्छ । नेपाली भाषा पनि, अर्को हाम्रो मातृभाषा वा कुनै भाषा जन्दै नजानीकन अङ्ग्रेजी सिक्नतिर गइयो भने त्यो कन्फ्युज हुनजान्छ । त्यस हिसाबले मातृभाषाको पनि एक स्तरको हाइट हुन्छ । त्यसैले भाषा आफैमा एउटा सिस्टम हो । आफैमा त्यहाँ नियम छ, व्यवस्था छ, सिस्टम छ । जब त्यो कुरामा राम्रोसँग ज्ञान भयो भने अरू भाषा सिक्नका लागि कन्फ्लिक्ट हुँदैन । सुरुमा संस्कृत राम्रो पढेको मान्छेले जुन भाषा पनि छिटो छिटो जान्दछ भन्दछन् नि । त्यो स्टक्चर, त्यो स्टेजले त्यो भाषाको भाषाको व्याकरणदेखि लिएर सब कुरा रुल थाहा हुन्छ । त्यसो भएपछि अरुभाषालाई टिप्न सजिलो हुन्छ ।

अधिकांशतः कस्तो देखिन्छ भने खालि शब्दहरु जानेर भाषा जान्याछु भन्ने भ्रमहरु हुन्छ । शब्द जानेर भाषा जानिदैन । भाषाको आफ्नै व्यवस्था छ । आफ्नो व्यवस्थाभन्दा बाहिर गएको भाषा, अहिले तपाईंले चाहिँ गैरआवासीय नेपालीहरु साथीहरु बाहिर जाँदाखेर आइरहँदाखेरी भेट हुन्छ बच्चाबच्चीहरुसँग । अलिअलि बोलचाल हुन्छ, अलि अलि टुटेफुटेको नेपाली त बोल्न जान्दछ तर लेख्न जान्दै जान्दैन । नेपाली अलिअलि बोल्छ तर लेख्न जान्दै जान्दैन । अनि अर्को कुरा त्यसले त्यहीँको मातृभाषा पनि जान्दैन । अडर्ली सिकिरहनेको पनि ठिकै हुन्छ । भनेपछि त्यहाँनेरी ठूलो सङ्कट हुन्छ ।

त्यसैले अहिले कतिपय ठाउँमा मैले आफै पनि सजेस्ट गरेको छु, पाँच सात वर्ष अगाडिदेखि भने नेपाली भाषाको इतिहासलाई उहाँहरुले अहिले भोलेन्टियरली चलाउनुपर्छ । क्लसको एक घण्टा दुई घण्टा चाहिँ पढाउनै पर्छ । लेख्न सिकाउने, स्टक्चरल सिकाउने कार्य हुन थालेको छ । पहिलेको कुरा किन छोडेको भने जब काहीँनेरी कडी टुट्यो भने एउटा जुन मातृभाषाको बाटोबाट जानुपर्ने उसले कडी टुट्यो भने मलाई लाग्छ अर्को भाषालाई पनि ह्याम्पर गर्छ । त्यसो हुनाले मातृभाषा चाहिँ आफूले बोलेको भाषाबाट सिक्नु अथवा त्यो भाषा बुझ्नु प्रारम्भमा अति धेरै महत्वपूर्ण हुन्छ । साथै अरु भाषा सिक्नका लागि पनि बेस हुन्छ भन्ने म ठान्दछु । त्यसकारणले आज जुन संसारभरी चलिराखेको छ । हामीले

एउटा कुनै ठाउँमा पढेका थियौँ, कतिपय विद्यार्थीहरु उसको मातृभाषा के हो भन्न पत्ता लागेन । नलाग्दा खेरी चाहिँ जब एकदमै कठिन पर्छ नि निदाइरहेको बेलामा पानी खन्याइ दिनुस्, अथवा आगोले चाहिँ फ्याट्ट पोल्नुुस्, त्यस्तो बेलामा चाहिँ ठ्याक्क बोल्ने चाहिँ उसको मातृभाषा हो । अरू भाषा जति जानेको भए पनि अनि  त्यहाँबाट उसले कुन भाषाको हो भन्ने थाहा हुन्छ । त्यसले गर्दाखेरी त्यसकाहाँ केही कुरा त छ नि त । त्यो त नेचर, त्यो त प्रकृति हो नि । त्यसलाई छुट्याएर हेर्न थालियो भने हुँदैन । त्यसलाई भाषालाई मान्छेको बच्चाको जन्मेदेखिको विकाससँग नै जोडिएर हेर्नुपर्छ । छ वर्ष सात वर्ष पछाडि अर्को कुरा सिकाए भइहाल्यो भन्ने भएपछि हुँदैन, अघिल्लो जन्मेदेखिकै कुरामा चाहिँ उसको सम्बन्ध जोडिन्छ भन्ने मैले अध्ययन गर्दाखेरि पढ्दाखेरी थाहा पाएको ।

अभावले त लगातार कुरा गरि नै रहन्छ, यस्तो गफ चाहिँ अहिले पछिल्लो संविधान सभाको निर्माणसँगसँगै धेरै कुरा भएको छ । नभएको होइन तर हाम्रो मातृभाषा कति प्रभावकारी भयो त ? आज तपाईंहरुले खोज्नुपर्ने कुरा यो हो । मातृभाषाको आवश्यकताका बारेमा त भयङ्करै धेरै अध्ययनहरु भए । पेपरहरु पनि आइरहेका छन्, किताब निस्किराखेका छन् । धेरै छलफल भएको छ । प्रमुख खोजीको कुरा त के छ भने, त्यो मातृभाषाको शिक्षा कति प्रभावकारी भयो ? कहाँ प्रभावकारी भइराखेको छ ? के प्रभावकारी किन हुन सकेन त ? आज खोज्नुपर्ने विषय चाहिँ यो हो । यो तपाईंहरुले पनि खोज्नुपर्ने हो, हामीले पनि सरकारले पनि खोज्नु पर्ने हो ।

हामीले प्राक्टिकल अनेकताका कुराका हिसाबले यसो ग¥यौँ भने राम्रो हुन्छ भन्ने एउटा कुरा होला । तर व्यवहारमै मातृभाषामा प्रभावकारी शिक्षा दिएर के राम्रो परिणाम आयो भनेर आफैसँग खोज्नुपर्छ कि पर्दैन ? रिसर्च गर्नेलाई ल्याएर हेरेर मात्र ल्याएर त भएन नि । आफ्ना ठाउँको कति भाषा सकिन्छ, मातृभाषामा शिक्षा दिँदा के परिवर्तन आयो त ? के कुरा राम्रो परिणाम आयो त ? हाम्रा ठाउँबाट पनि हामीले हेर्नुपर्छ भन्ने लाग्छ । त्यसकारण मातृभाषामा शिक्षा भनेको एउटा राजनीतिक इस्यु, एउटा भाषिक इस्यु मातृभाषा मात्र होइन । यो हाम्रो मुलुकको विकास, समृद्धि भन्छौँ अथवा मुख्य रुपमा शिक्षासँग जोडिएको अभिन्न अङ्ग भएको विषय हो । त्यसकारण हामी यसमा केही इफेक्टिभ प्राक्टिसहरु पनि सुरुवात गर्नुपर्छ । केही ठाउँहरुमा छ तर त्यो प्रभावकारी रुपमा छैन ।

अहिले कतिपय ठाउँमा मातृभाषामा शिक्षामा केही केही भइराखेको छ । तर त्यसको ५ प्रतिशत पनि प्रभावकारी छैन । यसका पछाडि हामी हाम्रो यो डिस्कसनले त्यो ठाउँलाई छोएनौँ भने, मातृभाषाको शिक्षालाई छोएनौँ भने काम छैन । यो हाम्रो बौद्धिक बहस मात्र हुन्छ । म संस्कृतिविद् भइसकेपछि आफै रिसर्चको विद्यार्थी हुँ तर रिसर्च गरेर गर्न त भ्याइँदैन । तर यसै अनुभवको रिसर्चले धेरै मिलिरहेकै हुन्छ ।

हाम्रो कल्चरको ट्रन्सफर पनि नयाँ पुस्तामा कम भएको रहेछ । जस्तो राई, लिम्बू, गरुङ, मगर, नेवार नेवार विभिन्न जनजातिहरु छन् नि बहुजाति छन् नि ती बहुजाति बहुभाषिक त्यही तरिकाले जोडिएको छ । अनि कल्चर ट्रन्सफर कति ठाउँमा भएको छ त ? तपाईंले अहिले धेरै ठाउँमा विभिन्न किसिमको जातिको कल्चर संस्कृति देखाउनु पर्यो भने बुढाबुढा मान्छेहरु मात्रै तम्सिएका हुन्छन् । नयाँ जेनेरेसनमा त्यो गएकै छैन । भाषा पनि गएको छैन, संस्कृति पनि गएको छैन ।

तर मैले अध्ययन गरेझैँ  नेवार कम्युनिटीको नेवारको चाहिँ भाषा पनि र संस्कृति पनि सबैभन्दा बढी ट्रान्सफर भएको छ । अनि त्यो के कारणले होला भनी सोचेको राजधानीमा बढी नेवारहरु बसेकै कारणले हो भने राजधानीमा बढी नेवार बसोबास गर्ने भएकाले रहेछ । एकठाउँबाट अर्को ठाउँमा जानु वा अर्को यता आउनु परेन । अर्को महत्त्वपूर्ण कुरा के रहेछ भने नेवार कम्युनिटीको चाहिँ बाहिर गएर बस्नेको पनि छुट्टै हुन्छ । तपार्इं खोज्दै खोज्दै जानुस्, गैरआवासीय उसमा नेवार भेट्टाउनु भयो भने कहाँको भेट्टाउनुहुन्छ भने काठमाडौँको भेट्टाउनुहुन्छ । त्यो बाहिरबाट माइग्रेट भएर गएको नेवार भेटटाउनु हुन्न ।

मैले सबैभन्दा बढी घोडेजात्रामा त्यो फिल गरेको छु । घोडेजात्रा पूरै हेरियो । सबै नयाँ जेनेरेसनको केटाकेटीहरु छन् । उनीहरुको भाषिक कल्चर पनि छ सबै छ । त्यो दिनको बाध्यता मात्र छैन कि एकदमै रमाएर चाहिँ प्रस्तुत गरेको पाएँ । ८० प्रतिशत केटाकेटी युवायुवती छन् । अनि यसो हेर्छु कोही डक्टरवाला केटाकेटी पनि छन्, कोही इन्जिनियरवाला केटाकेटी पनि छन्, सब राम्रो । भनेपछि मैले यो प्रसङ्ग किन निकालेको भने त्यो कम्युनिटीमा त्यो भाषालाई त्यो संस्कृतिलाई प्रवद्र्धन गर्न कति काम गरियो ? त्यो पनि महत्वपूर्ण हुन्छ । नेवार कम्युनिटीलाई साथ केले दियो ? काठमाडौँ नै मुख्य ठाउँ हो । अन्त जानुपरेन । त्यसले साथ दियो तर त्यति मात्रै होइन त्यो कम्युनिटीको प्यारेन्टसले आफ्नो सीप, कला संस्कृति, भाषा सबै आफ्नो नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रयास गर्यो, मिहिनेत गर्यो र त्यसलाई गौरव ठान्यो ।

त्यति हुँदाहुँदै पनि प्राक्टिकल, व्यावहारिक तरिकाले भाषाको ज्ञान ट्रान्सफर हुनुभन्दा बाहेक साँच्चिकै नै भाषामै कक्षा त चलेको छैन नि । अब भाषाकै कक्षाहरु चल्ने हो भने कति प्रभावकारी हुन्थ्यो होला । केही केही ठाउँमा रहेछ तर आम रुपमा छैन तर भाषा चाहिँ ट्रान्फर भएको छ । त्यही भएर मातृभाषाको कुरा गरिरहँदा यो कुरा पनि जोडिनुपर्छ । नत्र भने अलिपछाडि मातृभाषाका बारेमा कुरा गरिरहेको हुन्छ, मातृभाषा सिद्धिसकेको हुन्छ । त्यसकारण यसमा अलिकति प्रष्ट  भएको ठाउँबाट सुरु गर्ने हो कि ?

भाषा आयोगले सुझाव दियो, त्यसमा समस्या आएका कुराहरुमा लैजाने हो कि ? भाषा आयोगले बढी अध्ययन नै गर्ने हो तर अलिकति कतिपय ठाउँहरुमा कुन प्रष्ट रुपमा भएको छ, समुदायबाट चाहिँ अलि बढी सोच्ने हो कि ? त्यसोभएकाले आज अलिकति बढी व्यावहारिक कुराहरु छन् । अलिकति रिजल्ट आउने कुराहरु छन् । अझ अरु कतिपय स्थानमा कस्तो भ्रान्त भएको छ भने ट्रान्सफर त भएजस्तो तर थोरै चाहिँ गुरुङ जस्तो हुने, ट्रान्सफर चाहिँ भएको जस्तो हुने मात्र भयो । त्यसले पनि हामीलाई विकृततर्फ लैजान्छ । त्यो अलिक गम्भीरतातर्फ सोच्नुपर्ने हो जस्तो मलाई लाग्दछ ।

यो विचार गोष्ठीले प्राज्ञिक क्षेत्रमा अझ बढी छलफ चाहिँ हुनेछ । धेरै नै कुराहरुको रिभ्यु मैले सुन्नुभन्दा पनि केही कुराहरु कार्यान्वयनमा जाओस् । अलिअलि केही कल्चरहरुमा थोरै आफ्नै उसका गीतहरु सम्झने गरी आएको तर फेरि रोकिएको छ, फेरि भाषा भनिसकेपछि त तपाईंले केवल, कतिको लिपि छ कतिको लिपि छैन, त्यो मात्रै होइन नि त । त्यो सँगसँगै धेरै चीजहरु हो । म यति भन्न चाहन्छु, जुन भाषाको बोलीमा मत्रै छ त्यो सधैँ टिकिरहँदैन । त्योसँग त्यसको लिपिको विकास त्यसको अरू सिस्टमको विकास प्रभावकारी कुरा हो भन्ने म ठान्दछु । त्यसैले  यसैमा मत्रै पनि नअल्मलिऊँ, यसका प्राक्टिकल तरिकाबाट खोजौँ । केही प्रष्ट भाषाका चाहिँ ठाउँहरूबाट केही कामको सुरुवात गरौँ । 

अभिभावकमा यो बर्डेन हालिदिदएको छ भन्ने पनि नपरोस् । यो कुरालाई पनि एसेप्ट गर्नु आवश्यक छ । आफूहरु चाहिँ ठुलठुला भाषामा कुरा गर्छन् तर आफ्नो भाषा चाहिँ छैन, अरू अङ्ग्रेजीतिर दौडाउँछन् आफ्ना बच्चाहरुलाई भन्ने पनि छ । त्यो कुरालाई नयाँ तरिकाबाट जाऔँ ।

हाम्रो सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउनु आवश्यक छ । सार्वजनिक शिक्षामा यो समावेश गराउनु आवश्यक छ । अझै महत्वपूर्ण कुरा चाहिँ भाषाका, मातृभाषाका विद्यार्थीहरु खोज्ने सँगसँगै अथवा त्यहाँ जाने सँगसँगै मातृभाषाको योग्य शिक्षक तयार पार्नु पनि सबैभन्दा ठूलो चुनौती हो । त्यसमा पनि ध्यान दिऊँ ।

धन्यवाद ।  

प्रस्तुति : मोहन दाहाल 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...