शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा कटुवा पेस्तोलसहित १ जना पक्राउ

बिहीबार, १६ फागुन २०७५, १८ : ३८
बिहीबार, १६ फागुन २०७५

बुटवल– प्रहरीले  कपिलवस्तु कृष्णनगर नगरपालिका– १ डबरा चोकबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–९, बहादुरगञ्जका २९ वर्षीय बजरंगीलाई कटुवा पेस्तोल र त्यसमा लाग्ने एउटा खोकासहित बिहीवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।  डबराचोकबाट बहादुरगञ्ज जाँदै गरेका चौधरीमाथि शंका लागेर प्रहरीले चेकजाँच गर्दा कटुवा पेस्तोल बरामद भएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए । 

चौधरीमाथि हातहातियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक रावलले बताए ।  उता, कृष्णनगर नगरपालिका– ६ भिल्मीमा अबैध औषधीसहित एक जना भारतीय पक्राउ परेका छन् । भिल्मी नाका हुँदै विभिन्न किसिमका एक लाख मूल्यका औषधीसहित भारतको सिद्धार्थनगरका सुजर मौर्यलई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोरामा राखेर साईकलमा ल्याइरहेको आवस्थामा मौर्य पक्राउ परेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप