शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मिसेस नेपाल ग्ल्याम’को आवेदन खुला

बिहीबार, १६ फागुन २०७५, ११ : १६
बिहीबार, १६ फागुन २०७५

काठमाडौं – ‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन सुरु भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’को आवेदन खुला भएको जनाएको हो ।

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविस्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लीका प्रिती कार्कीले बताइन् ।

२० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्न प्रतियोगिताको पहिलो अडिसन यही फागुन २५ गते बानेश्वरस्थित होटल रानीमहलमा हुँदैछ । अडिसनमा सहभागी हुन चाँहनेले होटलरानी महलमा आवेदन फर्म भर्न सक्नेछन् ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए ।

गतबर्ष ‘मिसेस नेपाल ग्ल्याम २०१८’को उपाधि अलाइजा महर्जनले जितेकी थिइन् । महर्जन नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१८’मा सहभागी भएकी थिइन् ।

सो प्रतियोगिताबाट उनले ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मष्ट इन्टेलेक्च्युअल ब्युटि’, ‘बेष्ट सेल्फ इन्टरडक्सन’ र ‘बेष्ट टेवल सेटअफ’ उपाधि समेत नेपाल भित्र्र्याएकी थिइन् ।

शिर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगीताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा ब्यस्त कोरियोग्राफर हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप