शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ लाख ३८ हजार विद्यार्थीको नतिजा आज सार्वजनिक : यसरी हुर्नुहोस् नतिजा

शुक्रबार, ०२ असार २०७४, ०७ : ३०
शुक्रबार, ०२ असार २०७४

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज केही बेरमा सार्वजनिक हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्न सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।

आज (शुक्रबार) बिहान ९ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ, ’परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने ।'

पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित हुन लागेको हो । 

गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी थिए ।

यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई भनेर नामकरण गरेको छ ।

यसरी हुर्नुहोस् रिजल्ट

'एसइई डट रातोपाती डट कम'  लग इन गरेर तपाईले एसइईको नतिजा हेर्न सक्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप