ओलीले समेत हेरेको यस्तो छ तिब्वती ओपेरा (फोटोफिचर/भिडियो)
तिब्बत–ल्हासामा तिब्बती ओपेरा निकै चर्चित छ । त्यहाँ पुग्ने धेरै पर्यटक यो ओपेरा हेर्न जान्छन् ।
खुला ठाँउमा एकै पटक पाँच÷सात सय कलाकारको प्रर्दशनी रहने ओपेरा खुला ठाँउमा देखाइन्छ, रंगशाला जस्तै ठूलो ठाँउ ।

तिब्बती ओपेरालाई तिब्बती भाषामा ‘ल्हामो’ वा ‘एस ल्हामो’ भनिन्छ । यसमा बौद्ध शिक्षा र तिब्बती इतिहासलाई गीत, नृत्य, नाटकमार्फत प्रदर्शन गरिन्छ ।
तिब्बत, विशेषगरी ल्हासा, लोखा, सिगात्से र चाम्दोलगायत नजिकैका प्रान्त सिचुवान, गान्सु, क्विनघाइ र युनानमा लोक ओपेराको निकै महत्व रहेको छ ।

तिब्बतमा यात्रा गर्नेहरुका लागि तिब्बती ओपरा आकर्षणको केन्द्रबिन्दु हुने गरेको छ ।
चीनियाँ अल्पसंख्यकको लोक आपेराको तुलनामा तिब्बती ओपेराको इतिहास लामो छ । यसको सुरुवात १४ औं शताब्दिमा भएको थियो । तिब्बती इतिहासको अभिलेख अनुसार राजा सङ्ग्स्तान ग्याम्बोसँग राजकुमारी वेन्चेङ्गले विवाह गरेपछि उनले ताङ्ग वंशका भेषभुषा, संगीत र नृत्यबारे सुनाइन् जुन राजाका लागि निकै रोचक विषय भयो ।

उनले राजकुमारीको मनोरञ्जनका लागि १६ सुन्दर युवतीलाई ताङ्ग वंश र तिब्बती लोक संगीतको सम्मिश्रण गरी एउटा कलाको श्रृजना गर्न तालिम दिए । पछि यही मनोरञ्जनको माध्यम नृत्य र गायनको रुपमा विकसित भयो ।

यही प्रस्तुती क्रमशः तिब्बती ओपेराको रुपमा विकसित हुँदै तिब्बतभरी चर्चित बन्यो । १७ औं शताब्दीदेखि लगातार ओपेराको तीब्र विकास भइरहेको छ । विगतमा तिब्बती ओपेरा आउटडोर मात्र हुने गर्दथ्यो र प्रत्येक कलाकारले पूरा प्रस्तुतिभरी एउटा मात्र पहिरन लगाउने गर्दथे । सन् १९६० देखि तिब्बती ओपेरा इन्डोर पनि गरिँदै आएका छन् जसमा लाइट, सेट, सांगीतिक दल र आधुनिक विषय थपिएका छन् ।

अहिले ओपेरामा संरचना, गीत, नृत्य, मास्क र स्टेजको आकारमा परिवर्तन भएका छन् भने अर्केस्ट्रा, पृष्ठभूमी, लाइट र मेकअपको सहारामा थप उत्कृष्ट बनाएका छन् ।
केही समय अगाडि मानसरोवर यात्रामा निस्केका पूर्वप्रधानमन्त्री एव्म एमाले अध्यक्ष केपी ओलीले पनि यो ओपेरा हेरेका थिए ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण