बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्रेकअप’ सेन्सर पास

बुधबार, १५ फागुन २०७५, ११ : ३६
बुधबार, १५ फागुन २०७५

काठमाडौं – फिल्म ‘दी ब्रेकअप’ सेन्सर पास भएको छ । मंगलबार चलचित्र सेन्सर बोडले फिल्मका लागि पिजी प्रमाण पत्र दिदै प्रदर्शनका लागि खुल्ला गरेको हो ।

यो प्रमाणपत्र पाएपछि १६ बर्ष मुनिका दर्शकले फिल्म अभिभावकको साथमा मात्र हेर्न पाउने छन् । केही एक्सन दृश्यका कारण सेन्सर बोडले फिल्मलाई पिजी प्रमाणपत्र दिएको निर्माण युनिटले जनाएका छन् । 

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्ममा अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के मुख्य भुमिका छन् । यी दुबैको रोमानिटक प्रेम र ब्रेकअप फिल्मले कथा बनाएको छ । 

हेमराज बिसी निर्देेशित फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ । 

अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप