तिब्वतमा देखियो १३३ बर्ष पुरानो नेपाली पसल (फोटोफिचर)
ल्हासा–नेपाल र तिब्वतवीचको शताब्दी भन्दा पुरानो सम्बन्ध छ। कुटनीतिमा मात्र होइन, व्यापारको पनि उस्तै सम्बन्ध छ ।
ल्हासामा एउटा यस्तो नेपाली पसल छ, जसको एक सय १३३ बर्ष पुरानो इतिहास छ ।
ल्हासाको पाको स्ट्रेटमा यो नेपाली पसल छ । यहाँ भेटिएका थिए, रत्नकुमार तुलाधार । उनका अनुसार पसल संचालनमा आएको १३३ बर्ष भयो । यहाँ बुद्ध धर्म सम्बन्धी समान पाइन्छन् । तुलाधर आफै पनि यो पसलमा बस्न थालेको ३५ बर्ष भयो । तुलाधरका अनुसार खासमा यो पसल रुप ज्योतिको हो ।
यो पसलमा समान किन्न तिब्वतिनय र चिनियाँ नागरिक आउँछन् । यहाँ ६० हजार चिनियाँ रुपैयाँसम्मका समान पाइन्छन् ।
सरकारसँग जग्गा लिजमा लिएर यो पसल चलेको छ । घर पनि पुरानै देखिन्छ ।
पहिला यस्ता पसल तिब्बतमा धेरै थिए । तर, नेपाली व्यवसायीहरुले प्रतिस्पर्धा गर्न नसकेपछि क्रमश विस्थापित भएका छन् ।
तिब्बत र नेपालबीचको पुरानो सम्बन्ध झल्काउने यो पसलमा धेरै समान काठमाडौंबाटै जान्छ ।
शाहीकालमा मन्त्री हुँदा रुप ज्योति ल्हासा पुगेका थिए । त्यसबेला उनी आफ्नो पसल पनि पुगेका थिए ।
ल्हासास्थित नेपाली बाणिज्य दूतावासका अनुसार त्यहाँ कारपेट तथा उल, हस्तकला, क्युरियो समान, लत्ताकपडा, होटल तथा रेष्टुरा, ब्युटीपार्लर, गहना पसल, किराना पसलजस्ता व्यापार–व्यवसायमा संलग्न नेपालीहरु ३५ जना छन् । उनीहरुको आर्थिक अवस्था चाहीँ राम्रो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण