शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोदालोको पासोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

मङ्गलबार, १४ फागुन २०७५, १८ : ४२
मङ्गलबार, १४ फागुन २०७५

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीमा आज बिहान कोदालोको पासोले हानेर एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । 

घरायासी विवादमा ३५ बर्षीय लेखिन्द्र राजवंशीले आफ्नी श्रीमती ३४ बर्षीया चम्पली राजवंशीलाई कोदालोको पासाले हानेर हत्या गरेका हुन् । 

श्रीमानले हानेको कोदालोको पासोले लागेर चम्पलीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । 

आरोपी लखिन्द्रलाई आजै प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

उनको शव मेची अञ्चल अस्पताल भद्रपुर पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप