शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङः को–को जाँदैछन् जिल्ला समन्वय समितिमा ?

मङ्गलबार, १७ साउन २०७४, ११ : ०५
मङ्गलबार, १७ साउन २०७४

बेसीशहर–नेकपा एमाले लमजुङले जिल्ला समन्वय समितिमा पठाउने प्रमुख, उपप्रमुख तथा सदस्यहरु टुङ्गो लगाएको छ । 

    यसअघि नै माथिल्लो कमिटीले जिल्ला समन्वय समितिको प्रमुखमा लोकराज पाण्डे र उपप्रमुखमा धनमाया तामाङलाई पठाउने निर्णय गरेको थियो । 

    जिल्ला कमिटीले समन्वय समितिको सदस्यहरुमा मध्यनेपाल नगरपालिका–७ का ज्ञानु नेपाली, दधपोखरी–६ का टकबहादुर गुरुङ, बेसीशहर–११ का सरस्वती पन्त, मस्र्याङ्दी–९ का नन्दराम विक, दोर्दी–२ का लालबहादुर गुरुङ, मध्यनेपाल–२ का प्रकाश दुरालाई एमालेले सिफारिश गरेको हो । एमालेले १ सदस्य टुङ्ग्याउन बाँकी राखेको छ ।

जिल्ला समन्वय समितिका लागि तय भएको निर्वाचन तालिका अनुसार साउन १६ गते मतदाता नामावली प्रकाशन, मतदाता नमावली सच्चाउने वा छुट नाम समावेश गर्न दरखास्त दिने र संसोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै,साउन १७ गते मतदाताको विरोधमा उजुरी दिने र अन्तिम नामावली प्रकाशन गर्ने, १८ गते उम्मेद्वारको मनोनयन दर्ता, उम्मेद्वारको सूची प्रकाशन र विरोधमा उजुरी दिने समय तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत भूमिप्रसाद शर्माकाअनुसार साउन १९ गते मनोनयन पत्रको जाँच र उजुरी उपरको निर्णय गर्ने, उमेद्वारको नामावली प्रकाशन गर्ने र उम्मेद्वारले आफ्नो नाम फिर्ता लिने कार्यतालिका छ ।
यस्तै साउन २० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ भने साउन २२ गते ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । 
बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीले जिल्लामा बहुमत प्राप्त गरेको, जिल्ला समन्वय समिति एक्लै बनाउन सक्ने अबस्था सिर्जना भएको र माओवादीसँगको सहकार्यलेसमेत फाइदा पुगेको भन्दै समीक्षा गरिएको थियो । 
यसैगरी बैठकले स्थानीय निर्वाचनका सम्बन्धमा पार्टी गतिविधि बिरुद्ध काम गरेकाहरुका सम्बन्धमा सत्यतथ्य छानविन गर्न सचिवालय सदस्य राजकुमार विष्टको संयोजकत्वमा ७ सदस्सीय छानविन समिति गठन गरेको छ । 
समितिको सदस्यमा जिवराज घले, यशोदा रिमाल, कृष्ण पौडेल, पूर्णबहादुर गुरुङ, नन्दराम विक र राजेन्द्र बोहरा रहेका छन् ।  छानविन समितिलाई १५ दिनभित्र स्थानीय निर्वाचनमा निर्वाचनमा पार्टी गतिविधि विरुद्ध लाग्नेहरुको यथार्थ विवरण पेश गर्न बैठकले म्याण्डेट दिएको छ ।
  
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप